एम्नेस्टी इन्टरनेसनल प्रतिवेदन २०२१/२२: विश्वको मानवअधिकार अवस्था

सन् २०२१ आशा र प्रतिज्ञाहरूको वर्ष थियो: सबैमा कोभिड-१९ महामारीबाट भएको विनाशलाई खोपले रोक्नेछ भन्ने आशा रहेको थियो र जी सेभन र जी ट्वाइन्टी जस्ता समूह र सरकारहरूले “अझ राम्रोसँग पुनःनिर्माण” गर्नेछौँ भन्ने वाचाहरू गरेका थिए। यद्यपि, यो प्राय भन्नको लागि भनिने कुरा मात्र थियो, केही सरकारहरूले आफ्नो स्थान बलियो बनाउनका लागि महामारीबाट लाभ लिने प्रयत्नलाई दोब्बर गरेको पनि पाइयो।

यस विश्लेषणले एम्नेस्टी इन्टरनेसनलले सन् २०२१ मा १५४ देशहरूमा गरेको मानवअधिकार अनुसन्धानबाट देखिएका निम्न तीन प्रमुख प्रवृत्तिहरूको उजागर गर्दछ: स्वास्थ्य र असमानता, नागरिक स्थल र शरणार्थी तथा आप्रवासीहरूको विषयमा उत्तरी ध्रुव (Global North) का देशहरूद्वारा  भएको प्रतिरोध।

Topics