“पाथीभरा मन्दिर केबलकार परियोजना” सम्बन्धी विवादको सार्थक वार्ता र संवादको माध्यमबाट मानवअधिकारमैत्री समाधान खोज्न पाँच मानवअधिकार संस्थाहरूको अपिल

काठमाडौं, २०८१ चैत्र ८

 

 

v  लिम्बू समुदायको धर्म, संस्कृति, आध्यात्मिक विश्वाससँग संगतिपूर्ण हुने गरी तथा स्थानीय समुदायले विकास कार्यमा अपनत्व अनुभूत गर्ने गरी योजनामा यथोचित समायोजन, परिमार्जन, वा पुनर्विचार गर्नुपर्ने।

 

v  आदिवासी जनजातिको जनजीवनलाई प्रभाव पार्ने गरी उनीहरूको थातथलो वा परम्परागत बसोवास क्षेत्रमा विकास कार्य गर्नु अघि विशिष्टीकृत संयन्त्रमार्फत उनीहरूसँग सार्थक संवाद परामर्श गर्ने पद्धति यथाशीघ्र स्थापना गर्नुपर्ने। आदिवासी समुदाय राज्यका निकायबीचको सम्बन्ध सेतुको रूपमा कार्य गर्न आदिवासी जनजाति आयोगलाई सशक्त बनाउने एउटा विकल्प हुन सक्छ।

 

v  प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्ने नाममा अनुचित बल प्रयोग गरेको "केबलकार पक्षधर" तथा "नो केबलकार" पक्षबाट हिंसा प्रयोग गरी त्रासको वातावरण सिर्जना गरिएको गुनासो रहेकोले घटनाहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाई जिम्मेवार पक्षलाई कारबाहीको दायरामा ल्याउने तथा त्यस्ता गतिविधि पुनः नदोहोरिने सुनिश्चित गर्नुपर्ने।

 

v  लगानीकर्ता, निर्माण पक्ष, तथा सम्बन्धित सरकारी निकायहरूले पाथीभरा मन्दिर केबलकार परियोजनासँग सम्बन्धित सम्पूर्ण दस्तावेजहरू (विस्तृत परियोजना प्रतिवेदन, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, लगायत) सोसम्बन्धी सूचनाहरू तत्काल सार्वजनिक जानकारी वा पहुँचमा ल्याई पारदर्शिता सुनिश्चित गर्नुपर्ने।

 

v  भौतिक संरचनाहरू निर्माण गरी त्यसको माध्यमबाट पूँजी सिर्जना गर्ने कुरा मात्र विकास हो भन्ने एकाङ्गी बुझाइ परित्याग गरी प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू यथास्थितिमा संरक्षण गर्ने र त्यसबाट वर्तमान मात्र नभई भावी  पुस्ताहरूले समेत दिगो लाभ लिन सक्ने वातावरण सुनिश्चित गर्नु पनि विकासकै अभिन्न हिस्सा हो भन्ने धारणा संघीयदेखि स्थानीय तहसम्म प्रवर्धन गरिनुपर्ने।

 

v  संघीयदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूले पक्षविपक्षमा नलागी, विवादको संवेदनशीलतालाई दृष्टिगत गर्दै सहजीकरण, आपसी संवाद सहकार्यको माध्यमबाट विवाद समाधानका लागि रचनात्मक भूमिका खेल्नुपर्ने।

 

v  "नो केबलकार" पक्ष तथा "केबलकार निर्माण समर्थक" पक्षले संयमता अपनाउँदै विरोधलाई रचनात्मक शान्तिपूर्ण बनाउनुपर्ने। प्रत्यक्ष वा परोक्ष रूपमा शान्ति भंग गर्ने, सर्वसाधारणमा त्रास फैलाउने वा जनजीवनमा बाधा उत्पन्न नगर्ने कुरालाई सुनिश्चित गर्नुपर्ने।

 

v  राष्ट्रिय मानवअधिकार आयोग, आदिवासी जनजाति आयोग, तथा संसदीय समितिहरूले यस्ता विवादहरूको अग्रसक्रिय निगरानी, अध्ययन तथा अनुगमन बढाउँदै द्वन्द्वलाई रचनात्मक दिशामा मोड्न भूमिका खेल्नुपर्ने।

 

जवाफदेहिता निगरानी समिति, एम्नेस्टी इन्टरनेसनल नेपाल, न्याय तथा अधिकार संस्था (जुरीनेपाल), एड्भोकेसी फोरम नेपाल अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका वडा नं. ११ स्थित काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म निर्माणाधीन . कि.मि. लामो केबलकार (रज्जुमार्ग) परियोजनासम्बन्धी जारी विवादको स्वरूप, अन्तर्निहित कारण, तथा मानवअधिकार दुष्प्रभावसमेतको बारेमा नजिकबाट अध्ययन तथा अनुगमन गरेका छन्।

उल्लिखित संस्थाहरूको तर्फबाट एक अनुगमन टोली खटिई २०८१ फागुन २४ देखि २८ सम्म पाथीभरा क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुखताप्लेजुङ उद्योग वाणिज्य संघका पदाधिकारी, सम्बन्धित निर्माण व्यवसायी, स्थानीय जनता, ताप्लेजुङस्थित नेपाल रेडक्रसका पदाधिकारी, नो केबलकार पक्षका प्रतिनिधिहरू, पत्रकार महासंघका पदाधिकारी, जिल्लाका मानवअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि लगायतसँग छलफल तथा परामर्श गरेको थियो। टोलीले झडपको क्रममा भएका घटनाका पीडितहरू एवं पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरू, विवादमा असंलग्न स्थानीय जनतासँग समेत भेटघाट गरी कुराकानी गरेको थियो।

साथै अध्ययनको क्रममा आदिवासी जनजाति आयोगका पदाधिकारी, अधिकारकर्मीहरू, परियोजनाका लगानीकर्ता  आइएमई ग्रुप र नेपाल उद्योग वाणिज्य सङ्घका वर्तमान अध्यक्षसँग समेत परामर्श गरेको छ। त्यसका अतिरिक्त, अनुगमन टोलीले आदिवासी जनजातिको मानवअधिकारका सन्दर्भमा आकर्षित हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी दस्तावेजहरू, केबलकार निर्माण गर्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दा (आइन्द्र कुमार लिम्बू समेत विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत, २०७७ सालको रिट नं. ००७७WO०७५३) सम्बन्धी दस्तावेजहरू तथा पाथीभरा क्षेत्रको धार्मिक, सांस्कृतिक मूल्यमान्यता ऐतिहासिक महत्वसम्बन्धी सन्दर्भ सामग्रीहरूको अध्ययन गरेको थियो।

उल्लिखित अनुगमन तथा अध्ययनका आधारमा मानवअधिकार संस्थाहरूको निष्कर्ष तथा सिफारिस निम्नानुसार रहेका छन् :

() पवित्र धार्मिक, आध्यात्मिक तथा पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विषयमा बढ्दै गएको विवाद, अशान्ति तथा पछिल्ला झडपका घटनाहरूले दीर्घकालीन द्वन्द्व निम्त्याउने खतरा रहेको सङ्केत गर्छ।[1] चित्त नबुझेको कुरामा विरोध गर्ने स्वतन्त्रता संविधानतः जुनसुकै व्यक्ति वा समुदायका लागि संरक्षित छ। तर, यो निरपेक्ष होइन। विरोध शान्तिपूर्ण हुनुपर्छ। तर, कतिपय सन्दर्भमानो केबलकार पक्षबाट गरिएका विरोधहरू क्रमशः आक्रामक हिंसात्मक बन्दै गएको देखिन्छ। सांकेतिक रूपमा राँके जुलुसको प्रयोग वैधानिक भए पनि यसलाई रणनीतिक हतियारका रूपमा प्रयोग गर्नु, आगलागीको जोखिमलाई बेवास्ता गर्दै स्थानीय जनतालाई त्रसित पार्ने गरी प्रयोग गर्नु स्वतन्त्रताको दायरामा पर्दैन। घाइतेको उद्धार गर्न गएका अधिकारकर्मीहरू सवार गाडीमा तोडफोड गर्नु, चालकलाई कुटपिट गर्नु, प्रहरीमाथि ढुंगामुढा गरिनु, साथै सामाजिक सञ्जालमार्फत सरकारी अधिकारी निर्माण पक्षधरहरूविरुद्ध घृणास्पद अभिव्यक्ति दिनु जस्ता आपत्तिजनक गतिविधिहरू भएको देखिन्छ।

अर्कोतर्फ प्रदर्शनकारीहरूले शान्तिपूर्ण विरोधको सीमा नाघेको बहानामा प्रशासन पक्षबाट हुने जुनसुकै बल प्रयोग औचित्यपूर्ण ठहरिँदैन। त्यस्तो शक्ति प्रयोग आवश्यक समानुपातिक हुनुपर्छ।[2] फाल्गुन १० गतेका घटनाक्रम हेर्दा परिस्थिति नियन्त्रणमा आइसकेपछि पनि प्रहरीबाट स्वेच्छाचारी रूपमा बल प्रयोग गरेर नागरिकलाई दुःख दिने त्रास फैलाउने काम गरिएको तथ्यहरू अनुगमन टोलीले प्राप्त गरेको छ। माघ १२ गतेको झडपमा अन्य कुनै विकल्प नभएकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको भन्ने जिकिर प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी प्रमुखले गरेका छन्।[3] तर घातक बलको प्रयोग आन्दोलनकारी नेता प्रमुख जिल्ला अधिकारीबीचको तनावपूर्ण संवाद भनाभनबाट प्रेरित भएको थियो भन्नेनो केबलकार पक्षको दाबी रहेको छ। एकातर्फ प्रदर्शनकारीहरूको जथाभावी गिरफ्तारी गरिनु, अर्कातर्फनो केबलकारपक्षले दिएको अपराधसम्बन्धी सूचना दर्ता नै नगरिनु, केबलकार निर्माण पक्षधरहरूद्वारानो केबलकार पक्षविरुद्ध गरिएको हिंसा तथा घुसपैठलाई प्रशासनले नजरअन्दाज गरेको प्रति उनीहरूको गम्भीर गुनासो रहेको छ।

(विवादका अन्तर्निहित कारण खोजेर तिनको यथोचित संबोधन गर्ने प्रयास नगरी समस्यालाई सुरक्षाको दृष्टिकोणबाट मात्रै संबोधन गर्न खोजेको कारण नै अवस्था जटिल बन्दै गएको देखिन्छ। केही संरक्षणवादीहरूबाट थालनी गरिएको विरोधमा बिस्तारै पहिचानवादी तथा राजनीतिक दल समूहहरू जोडिंदै गएको देखिन्छ। विवादले राष्ट्रिय[4] मात्रै नभई अन्तर्राष्ट्रिय स्तर[5]को पनि ध्यानाकर्षण गर्दै गएको देखिन्छ।

विवाद असन्तुष्टिहरूकै बीच सर्भेक्षण गर्ने, रुख काट्ने, सशस्त्र प्रहरीको बेस खडा गर्ने जस्ता कार्यहरूले विरोधको स्वरलाई चर्काउँदै लगेको देखिन्छ। "नो केबलकार" पक्ष "केबलकार बन्नुपर्छ" भन्ने पक्ष बिस्तारै आक्रामक हुँदै गएको तथा प्रहरी प्रशासनले पनि संयमता गुमाउँदै जाँदा एकपछि अर्को झडपका घटनाहरू निम्तिँदा स्थानीय समुदायमा त्रास असुरक्षाको स्थिति उत्पन्न भएको देखिन्छ।

राज्यका निकायहरूको विश्वसनीयता निष्पक्षतामा प्रश्न उठेको पनि देखिन्छ। प्रहरीबाट बलको अनुचित प्रयोग तथा विरोध समर्थनका पक्षधरबाट भएको हिंसाको प्रयोगबारे स्वतन्त्र अनुसन्धान हुनुपर्छ जिम्मेवारलाई जवाफदेही बनाइनुपर्छ, यस्ता घटनाहरू नदोहोरिने  सुनिश्चित गरिनुपर्छ भन्नेमा विवादमा असंलग्न स्थानीय जनताले जोड दिएको पाइयो।

()  परामर्शको क्रममा नगरप्रमुख लगानीकर्तालेपैदलमार्ग प्रयोग गर्न नसक्नेहरूलाई मन्दिरसम्म पहुँच दिन लिस्नोको रूपमा मात्रै केबलकारको परिकल्पना गरिएको, टप स्टेशन पाथीभरा मन्दिरबाट ६५० मिटरको दूरीमा रहने, लेक लाग्ने बिमार (High Altitude sickness) को जोखिमलाई ध्यानमा राखेर अक्सिजन रुम बनाइने, सरसफाइका लागि शौचालय तथा वासरुम बनाइने, चट्याङको जोखिमलाई न्यून गर्न अत्याधुनिक प्रविधि जडान गरिने, त्यसबाहेक मन्दिरको महिमामा आँच पुग्ने गरी टप स्टेशन वरपर कुनै पनि व्यापारिक संरचना निर्माण नगरिने व्यवस्था गरिएको, पैदलमार्गको स्तरोन्नति गरिने, कान्छीथानको महिमालाई गौण हुन नदिन सबस्टेशन राखी त्यहाँ दर्शन पूजाआजा गरेर माथि जान चाहनेलाई त्यो सुविधा दिने, केबलकार योजनाका कारण सिर्जना हुने रोजगारीमा विस्थापित हुने भरियाहरूलाई विशेष प्राथमिकता दिने, तथा केबलकारबाट यात्रा गर्दा स्थानीयलाई विशेष छुट दिनेजस्ता उपायहरू अपनाउन प्रतिबद्ध रहेको बताए।[6]

तर यी शर्त तथा प्रतिबद्धताहरू योजनासँग सम्बन्धित कुन दस्तावेजमा कहाँ अभिलिखित छन् भन्ने विषयमा भने अपारदर्शिता देखिन्छ। विस्तृत परियोजना प्रतिवेदन तथा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन जस्ता महत्त्वपूर्ण दस्तावेजहरू सार्वजनिक जानकारी वा पहुँचमा रहेको पाइएन। योजनाले पार्ने बहुआयामिक प्रभाव त्यस्ता प्रभाव संबोधन गर्न अपनाइने उपायहरूको अपारदर्शिताले समेत विवादलाई बल्झाउने काम गरेको देखिन्छ।[7]

() ३,७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको पवित्र तीर्थस्थलका रूपमा विकसित हुँदै गएकोमा विवाद देखिंदैन। पाथीभराको रूपमा प्रचलित हुनु अघि देखि नै लिम्बू समुदायको मुन्धुमी परम्परामा यो स्थल पवित्र स्थान, सांस्कृतिक तथा धार्मिक आस्थाको देवी शक्ति (यूमा) केन्द्र (मुक्कुमलुङ) का रूपमा स्थापित रहेको भन्ने दाबी संघर्षरत पक्षले अगाडि सार्दै आएको देखिन्छ।

केबलकारका पक्षधरहरूले भने केबलकार परियोजना कार्यान्वयन प्रक्रियामा गएपछि मात्रै यसको विरोध गर्ने बहानामा मुक्कुमलुङको प्रसंग अगाडि सारिएको तर्क गर्ने गरेको पाइयो। तथापि नेपाल सरकारले विकास समिति ऐन अन्तर्गत २०५३ सालमा गठन गरेको पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरबारे गरेका वर्णन[8], विवाद सुरु हुनुअघि स्वतन्त्र रूपमा गरिएका शोधपत्रहरू[9], एवं यस क्षेत्रका अध्येताहरूले लेखेका लेखरचनाहरूको अध्ययन[10]बाट मुक्कुमलुङको भाष्य विवाद सुरु भएपछि मात्रै सिर्जना गरिएको भन्ने तर्कसँग सहमत हुन सकिने स्थिति देखिंदैन।

मुन्धुमी परम्परामा मुक्कुमलुङको रूपमा यो स्थान जनाइएको थियो भन्ने आधारहरू देखिन्छन्। मन्दिर क्षेत्र वरपरका भूभागहरू लिम्बू समुदायको थातथलो तथा परम्परागत बसोवास क्षेत्र भएकाले पाथीभराप्रति उनीहरूको विशेष सान्निध्य रहेकोमा कुनै विवाद देखिंदैन।

सबैको आस्था विश्वासको धरोहरको विषयलाई अनावश्यक वादविवादमा मुछिरहनु भन्दा यसको पुरातात्त्विक सांस्कृतिक महत्त्व, ऐतिहासिकता, लिम्बू धर्मसंस्कृति तथा परम्परासँगको अन्तरसम्बन्धबारे नेपाल सरकारका आधिकारिक निकायबाट अध्ययनअनुसन्धान गरी स्पष्ट पार्नु उपयुक्त हुने भएपनि त्यसो हुन सकेको पाइएन

() समुदायको तर्फबाट परियोजनाबारे व्यक्त हुँदै आएको विरोध तथा असन्तुष्टि नेपालको संविधान अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को महासन्धि १६९ द्वारा आदिवासी तथा जनजातिको अधिकारको प्रत्याभूति त्यसबाट नि:सृत राज्यको दायित्वमा आधारित देखिन्छ

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा २६ धारा ३२ मा समुदायलाई आफ्नो धार्मिक स्थल, संस्कृति, सांस्कृतिक सभ्यता सम्पदाको संवर्धन संरक्षण गर्ने हक प्रत्याभूत गरेको त्यसैगरी राज्यका निर्देशक सिद्धान्तअन्तर्गत धारा ५१ () को देहाय () मा आदिवासी जनजातिको पहिचान सहित सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि उनीहरूसँग सरोकार राख्ने निर्णयहरूमा सहभागी गराउने उनीहरूको संस्कृति सामाजिक परम्परालाई संरक्षण संवर्धन गर्ने राज्यको दायित्व निर्दिष्ट गरिएको छ।

त्यसका अतिरिक्त, नेपाल सन् २००७ देखि आदिवासी जनजातिसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि १९८९ (आईएलओ महासन्धि नं. १६९) को पक्ष राष्ट्र रहेको छ। यसको कार्यान्वयनका लागि अलग्गै राष्ट्रिय कानून बनाउने जिम्मेवारी राज्यले अझै पूरा गरेको छैन तथापि, नेपाल सन्धि ऐन, २०४७ को धारा () को प्रबन्धका कारण महासन्धिका प्रावधानहरूले स्वतः नेपाल कानून सरह मान्यता पाएको अवस्था यस परिप्रेक्ष्यमा महासन्धिको धारा समेतअन्तर्गत प्रत्याभूत हक[11] नेपालका आदिवासी जनजाति समुदायका सन्दर्भमा लागू हुने तदनुसारको दायित्व राज्यले वहन गर्नबाट विमुख हुन मिल्ने देखिँदैन।

संविधान आईएलओ १६९ का प्रबन्धका कारण आदिवासी जनतालाई प्रभावित पार्ने गरी विकास योजना छनौट गर्दा उनीहरूसँग यथोचित परामर्श गर्ने निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्ने सरकारको बाध्यकारी दायित्व सृजित भएको देखिन्छ। यो विशिष्ट दायित्वलाई उपेक्षा गरेर विकास योजना कार्यान्वयन गर्न खोज्दा निजी क्षेत्र समेतको लगानी जोखिममा नपरोस् विकास कार्यक्रमहरूको कार्यान्वयन सञ्चालनमा प्रतिकूल असर नपरोस् भन्ने कुरा पनि सरकारले पूर्वशर्तका रूपमा अपनाउनुपर्ने यो विशिष्ट दायित्वको पालना गर्नु पर्ने कुरालाई अन्यत्रका अनुभवले पनि सिकाएको पाइन्छ।[12]

तथापि केवलकार परियोजनाको सन्दर्भमा वातावरण कानूनसमेत अन्तर्गतका सामान्य कानूनी प्रक्रियाहरू पूरा गरेको बाहेक यथोचित विधि प्रक्रिया अपनाएर आदिवासी जनजातिको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ को अनुसूचीमा सूचीकृत याक्थुङ (लिम्बू) समुदायको सहभागिता परामर्श खोजिएको भन्ने देखिएको छैन। यस प्रयोजनका लागि आधिकारिक परामर्शदायी संयन्त्रको समेत अभाव छ। आदिवासी जनजाति आयोग वा यस्तै अन्य कुनै निकायलाई यो जिम्मेवारी प्रदान गर्न सकिन्छ यसले आदिवासी जनजाति समुदाय राज्यको सेतुको रूपमा समेत काम गर्न सक्छ। समुदायसँग छलफल तथा परामर्श गरेर प्रस्तावित विकास कार्यका सन्दर्भमा समुदायको धारणा अभिलिखित गरेर प्रतिवेदन बुझाउन सक्दछ।

() प्रकृति, संस्कृति तथा सम्पदाहरूको यथोचित संरक्षण गरी वर्तमान भविष्यका पुस्ताले त्यसबाट दिगो लाभ लिन सक्ने परिस्थिति निर्माण गर्नु पनि विकास हो भन्ने धारणा दिगो विकासको अवधारणा[13] तथा अन्तर्पुस्ता समन्यायको सिद्धान्त[14]का रूपमा संविधानले आत्मसात गरेको छ। तर व्यवहारमा भने राज्यका निकाय तथा पदाधिकारीहरूले अंगीकार गरेको विकाससम्बन्धी बुझाइ त्रुटिपूर्ण देखिन्छ। भौतिक संरचना निर्माण गर्ने ती संरचनाबाट मात्र पूँजी सृजना गर्ने कुरा नै विकास हो भन्ने एकांगी बुझाइ व्याप्त देखिन्छ। यसले पनि आदिवासी जनजातिका अधिकार संरक्षण गर्ने सन्दर्भमा समस्या सिर्जना गरेको देखिन्छ।

() त्यस क्षेत्रका स्थानीयदेखि संघीय तहसम्मका जनप्रतिनिधिहरू विवादको पक्ष वा विपक्षमा नलागी सहजीकरणतर्फ लाग्नुपर्ने हो। रचनात्मक संवाद सहकार्यका माध्यमबाट विवादको समाधानका लागि भूमिका खेल्नुपर्ने हुन्छ। तर त्यसो हुन नसक्दा वा पक्ष वा विपक्षमा उभिँदा समस्या झन् जटिल बन्दै गएको देखिन्छ। जनप्रतिनिधिको वैधतामा पनि प्रश्न उठेको देखिन्छ

() अतः यस अध्ययन र अनुगमनमा संलग्न पाँच मानवअधिकार संस्थाहरू नेपाल सरकार, स्थानीय सरकार, लगानीकर्ता, तथा "नो केबलकार" लगायत सबै सरोकारवाला पक्षलाई वार्ता तथा संवादको माध्यमबाट विवादको मानवअधिकारमैत्री समाधान खोज्न तथा निम्न उपायहरूको अवलम्बन गरी आगामी दिनमा यस किसिमका द्वन्द्वको अवस्था सिर्जना नहुने सुनिश्चित गर्न सिफारिस गर्दछन् :

  • लिम्बू समुदायको धर्म, संस्कृति आध्यात्मिक विश्वाससँग संगतिपूर्ण हुने गरी तथा स्थानीय समुदायले विकास कार्यमा अपनत्व अनुभूत गर्ने गरी योजनामा यथोचित समायोजन, परिमार्जन वा पुनर्विचार गर्नुपर्ने।
  • आदिवासी जनजातिको जनजीवनलाई प्रभाव पार्ने गरी उनीहरूको थातथलो वा परम्परागत बसोवास क्षेत्रमा विकास कार्य गर्नु अघि विशिष्टीकृत संयन्त्रमार्फत उनीहरूसँग सार्थक संवाद परामर्श गर्ने पद्धति यथाशीघ्र स्थापना गर्नुपर्ने। आदिवासी समुदाय राज्यका निकायबीचको सम्बन्ध सेतुको रूपमा कार्य गर्न आदिवासी जनजाति आयोगलाई सशक्त बनाउने एउटा विकल्प हुन सक्छ।
  • प्रहरी प्रशासनले शान्ति, सुरक्षा कायम गर्ने नाममा अनुचित बल प्रयोग गरेको "केबलकार पक्षधर" तथा "नो केबलकार" पक्षबाट हिंसा प्रयोग गरी त्रासको वातावरण सिर्जना गरिएको गुनासो रहेकाले घटनाहरूको निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाई जिम्मेवार पक्षलाई कारबाहीको दायरामा ल्याउने तथा त्यस्ता गतिविधि पुनः नदोहोरिने सुनिश्चित गर्नुपर्ने।
  • लगानीकर्ता, निर्माण पक्ष तथा सम्बन्धित सरकारी निकायहरूले पाथीभरा मन्दिर केबलकार योजनासँग सम्बन्धित सम्पूर्ण दस्तावेजहरू (विस्तृत परियोजना प्रतिवेदन, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, लगायत) तथा सोसम्बन्धी सूचनाहरू तत्काल सार्वजनिक जानकारी वा पहुँचमा ल्याई पारदर्शिता सुनिश्चित गर्नुपर्ने।
  • भौतिक संरचनाहरू निर्माण गर्ने तीबाट पूँजी सिर्जना गर्ने कुरा मात्र विकास हो भन्ने एकांगी बुझाइ परित्याग गरी प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरू यथास्थितिमा संरक्षण गर्ने र त्यसबाट वर्तमान मात्र नभई भावी पुस्ताले समेत दिगो लाभ लिन सक्ने वातावरण सुनिश्चित गर्नु पनि विकासकै अभिन्न हिस्सा हो भन्ने धारणा संघीयदेखि स्थानीय तहसम्म प्रवर्धन गरिनुपर्छ।
  • संघीयदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूले पक्षविपक्षमा नलागी, विवादको संवेदनशीलतालाई दृष्टिगत गर्दै सहजीकरण, आपसी संवाद सहकार्यको माध्यमबाट विवाद समाधानका लागि रचनात्मक भूमिका खेल्नुपर्ने।
  • "नो केबलकार" पक्ष तथा "केबलकार निर्माण समर्थक" पक्षले संयमता अपनाउँदै विरोधलाई रचनात्मक शान्तिपूर्ण बनाउनुपर्ने। प्रत्यक्ष वा परोक्ष रूपमा शान्ति भंग गर्ने, सर्वसाधारणमा त्रास फैलाउने वा जनजीवनमा बाधा उत्पन्न नगर्ने कुरालाई सुनिश्चित गर्नुपर्ने।
  • राष्ट्रिय मानवअधिकार आयोग, आदिवासी जनजाति आयोग तथा संसदीय समितिहरूले यस्ता विवादहरूको अग्रसक्रिय निगरानी, अध्ययन तथा अनुगमन बढाउँदै द्वन्द्वलाई रचनात्मक दिशामा मोड्न भूमिका खेल्नुपर्ने।

 

अपिलकर्ता संस्था तथा पदाधिकारी

राजुप्रसाद चापागाईं, संयोजक, जवाफदेहिता निगरानी समिति

निराजन थपलिया, निर्देशक, एम्नेस्टी इन्टरनेसनल नेपाल

रुकमणी महर्जन, अध्यक्ष, न्याय तथा अधिकार संस्था (जुरीनेपाल)

विकास बस्नेत, निर्देशक, एड्भोकेसी फोरम नेपाल

विजयराज गौतम, कार्यकारी निर्देशक, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)      

¨¨¨ 


[1] २०८१ कार्तिक २३ गते काफ्लेपाटीमा प्रहरीको हेल्पलाइन डेस्क उद्घाटनका क्रममा हिंसात्मक अवस्था सिर्जना भएको देखिन्छ। केबलकार समर्थकहरूले "नो केबलकार" समूहका सदस्यहरूलाई आक्रमण गर्दा चन्द्र मादेन खुकुरी प्रहारबाट गम्भीर घाइते भएका छन्। त्यस्तै, बाटो हिँडिरहेका बटुवा र प्रहरी समेत  घाइते भएका छन्।  २०८१ माघ १२ गते बलु डाँडामा विरोधकर्ताहरू प्रहरीबीच भएको झडपमा प्रहरीले १४ राउण्ड अश्रूग्यास, राउण्ड ब्ल्याङ्क फायर १० राउण्ड लाइभ गोली प्रहार गरेको जनाइएको छ। सो क्रममा दुईजना विरोधकर्ता गोली लागी गम्भीर घाइते भए भने २१ जना प्रहरी अन्य केही विरोधकर्ता पनि घाइते हुन पुगे पछिल्लो समय २०८१ फागुन देखि १० गतेसम्म फुङलिङ काफ्लेपाटी क्षेत्रमा केबलकार निर्माणको विरोधमा "नो केबलकार" समूह सरकारी सुरक्षा निकायबीच झडप भएको देखिएको छ। राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको सहभागितामा आयोजना गरिएको पदयात्रा क्षमा शान्ति पूजाका क्रममा सदरमुकाम फुङलिङमा अवस्था असामान्य हिंसात्मक बनेको देखिन्छ। फाल्गुन गते बलु डाँडा नजिक रहेको सशस्त्र प्रहरी बलको बेस क्याम्प नजिक विरोधकर्ताहरूले प्रहरीमाथि ढुंगामुढा गरी सुरक्षाका लागि राखिएको दुई तहको कन्सर्टिना काँडेतार हटाउने प्रयास गर्दा झडप हुन पुगेको देखिन्छ। सो क्रममा केही प्रहरी घाइते भएका छन्। प्रत्यक्षदर्शीहरूका अनुसार प्रहरीको संयमताले ठूलो क्षति हुनबाट जोगिएको छ। साथै घाइतेहरूको उद्धारका लागि गएको उद्योग वाणिज्य सङ्घका महासचिव, इन्सेक रेडक्रसका प्रतिनिधिहरू सवार गाडीमा प्रदर्शनकारीहरूले आक्रमण गरी तोडफोड गरेका छन् भने चालकमाथि पनि साङ्घातिक भौतिक आक्रमण भएको पाइएको छ। २०८१ फाल्गुन १० गते साँझ करिब :४५ बजे "नो केबलकार" समूहले फुङ्लिङ बजारमा रहेको फाल्गुनन्दको शालिक रहेको तोक्मे डाँडामा कोण सभा आयोजना गरेको थियो। तर पूर्व जानकारीबिना राँके जुलुस निकाल्दै संवेदनशील क्षेत्र वीरेन्द्र चोकमा मट्टितेल भरिएको राँके पुल्ठो फाल्दा स्थानीय घरमा आगलागीको जोखिम बढेको प्रशासनले जनाएको छ। प्रदर्शनकारीहरूले भने शान्तिपूर्ण र्‍यालीलाई भड्काउन केबलकार समर्थकहरूले नियोजित रूपमा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलाई कालो झण्डा देखाउने, भीडमा घुसपैठ गरी प्रहरीमाथि ढुंगामुढा तथा लाठी प्रहार गर्ने प्रहरीको पोशाकमा रहेका "भिजिलान्ते"हरूले प्रदर्शनकारीलाई उत्तेजित पार्ने कार्य गरेको आरोप लगाएका छन्। त्यस्तै विभिन्न घरका छतबाट गमला, ढुङ्गा इँटा प्रदर्शनकारीमाथि बर्साइएको पनि उनीहरूले आरोप लगाएका छन्। अनुगमन टोलीले अन्तर्वार्ता लिएका प्रत्यक्षदर्शीहरूको भनाइ अनुसार, केही प्रदर्शनकारी "उत्तेजित" "नियन्त्रणबाहिर" रहेको देखिएको छ। उनीहरूले प्रहरीमाथि लाठी बलिरहेको राँको प्रहार गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। सो क्रममा एकजना महिला प्रहरी निरीक्षकसहित आधा दर्जन प्रहरी घाइते भएको प्रहरीको दाबी रहेको छ। वीरेन्द्र चोकमा झडप साम्य भएपछि राति करिब १० बजेतिर सयौँ सङ्ख्याका प्रहरीले "नो केबलकार" आन्दोलनका समन्वयकर्ता तथा सहजकर्ता चन्द्र मादेन प्रदीप मादेनको घर घेरा हाली, घरभित्रै अश्रूग्यास प्रहार गर्ने, ढुङ्गा हान्ने, झ्यालढोका तोडफोड गर्ने, भाँडा तथा अन्य सरसामान क्षति पुर्‍याउने कार्य गरेको प्रत्यक्षदर्शीहरूले अनुगमन टोलीलाई बताएका छन्। सोही क्रममा पक्राउ परेका १५ जना सहित १८ जनालाई जिल्ला प्रहरी कार्यालयमा आपराधिक उपद्रव ज्यान मार्ने उद्योग अन्तर्गत अनुसन्धानका लागि थुनामा राखिएको थियो। हाल उनीहरूलाई रिहा गरिएको छ। फाल्गुन १० गतेकै राति कञ्चनजङ्घा संरक्षण क्षेत्र परियोजनाका अध्यक्ष खगेन्द्र फेम्बोको स्वामित्वमा रहेको होटल स्नो लिओपार्डको सीसीटीभी क्यामेरा प्रहरीले फुटाएको आरोप प्रदर्शनकारीहरूले लगाएका छन्। साथै, सोही समय प्रदर्शनकारीहरूलाई आवास खानाको प्रबन्ध गरेको आशङ्कामा शहरका कतिपय होटल तथा रेस्टुरेन्टहरूमा सुरक्षाकर्मीले छापा मारेको, खानतलासी गरेको सो क्रममा व्यवसायीहरूसँग दुर्व्यवहार गरेको होटल व्यवसायीहरूले अनुगमन टोलीलाई बताएका छन्। त्यस्तै बाटोमा हिँडिरहेका स्थानीय नागरिकहरूलाई समेत प्रहरीले कुटपिट गरेको आरोप लागेको छ।

 

 

[2] Basic Principles on the Use of Force and Firearms by Law Enforcement Officials, adopted on 07 September 1990 by the Eighth United Nations Congress on the Prevention of Crime and the Treatment of Offenders, Havana, Cuba, 27 August to 7 September 1990. Principle 4: Law enforcement officials, in carrying out their duty, shall, as far as possible, apply non-violent means before resorting to the use of force and firearms. They may use force and firearms only if other means remain ineffective or without any promise of achieving the intended result.

 

[3] २०८१ माघ १३ गते प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जारी गरेको प्रेस वक्तव्य साथै मिति २०८१ फाल्गुन २५मा प्रमुख जिल्ला अधिकारी जिल्ला प्रहरी प्रमुखसंग अनुगमन टोलीले गरेका अलग अलग संवा

 

[4] राष्ट्रिय मानवअधिकार आयोगले वार्ता संवादको माध्यमबाट समस्या समाधान गर्न आग्रह गर्दै जारी गरेको प्रेस विज्ञप्ति, १३ माघ २०८१ आदिवासी जनजाति आयोगले विवादप्रति चासो देखाएर मिति २०८१ माघ १५ मा प्रेस वक्तव्य जारी गर्दै अधिकारमुखी दृष्टिकोणबाट विवादलाई सम्बोधन गर्न आह्वान गरेको देखिन्छ

[5] उदाहरणका लागि, विश्वभरिका करिब ३०० मानवअधिकार संस्था आबद्ध आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सञ्जाल ( ESCR-Net) ले फेब्रुअरी २०२५ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेख्दै विवादबारे गम्भीर चासो व्यक्त गरेको देखिन्छ। https://www.escr-net.org/news/2025/escr-net-urges-nepal-to-halt-pathibhara-cable-car-project-amid-human-rights-concerns/

 

[6] मिति २०८१ फाल्गुण २५ गते फुङलिङ नगरपालिकाका प्रमुख श्री अमिर मादेनसँग गरिएको परामर्श बैठक। मिति २०८१ चैत्र गते लगानीकर्ता तथा आईएएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालसँग गरिएको परामर्श बैठक।

 

[7] पाथीभरा मन्दिर केवलकार प्रा.ली., फुङलिङ नगरपालिका वा पाथीभरा क्षेत्र विकास समिति लगायत कुनै पनि आधिकारिक निकायको वेबसाइटमा सार्वजनिक जानकारीका लागि राखिएको देखिएन।

 

[8] पाथीभरा क्षेत्र विकास समितिको वेबसाइटमा यसरी अर्थ्याइएको पाइन्छः पाथीभरा क्षेत्र विकास समितिको वेबसाइटमा यसरी अर्थ्याइएको पाइन्छः "पाथीभरा (लिम्बु भाषामामुक्कुम्लुङ, अर्थ) मुक = मानसिक शारीरिक शक्ति; ) मुक्कुम = अग्निज्वाला, सर्वशक्तिमान, शक्तिको देवता, रण देवता, थेबा या थियोवासाम देवताको अर्को नाम; ) लुङ = ढुंगा, ढुंगाको मूर्ति या प्रतिमा, केन्द्र, ) मुक्कुम्लुङ = सर्वशक्तिमान देवताको प्रतिमा या सर्वशक्तिमान देवताको केन्द्र या मठ ) ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो पाथीभरा लिम्बू जातिको आराध्य देवताको थान हो जुन हिन्दू एवं बौद्धहरूले समेत पूज्ने महत्त्वपूर्ण धार्मिक स्थल हो यो ताप्लेजुङ जिल्लाको १२,००० फिट उचाइमा रहेको छ। विश्वास, आस्था एवं पवित्रताको देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङलिङबाट १९. कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मिटरको उचाइमा अवस्थित छ।"

(स्रोतः [ https://pathivara.gov.np  ], हेरेको मिति: २०२५०३१३, समय: :४७ बजे)

 

 

[9] शान्तिराम नेपाल, स्नातकोत्तर तहको शोधपत्र "पाथीभरा देवी मन्दिरः एक ऐतिहासिक अध्ययन", वि.सं. २०६१, त्रिभुवन विश्वविद्यालय, पृष्ठ ४२: "पाथीभरा मन्दिरको नामकरण सम्बन्धमा स्थानीय वृद्धहरूको भनाइ अनुसार, यो क्षेत्रलाई पहिले लिम्बू भाषामामुक्कुम्लुङभनिन्थ्यो, जसको अर्थ शक्ति सम्पन्न डाँडो हुन्छ। यसरी शक्ति सम्पन्न डाँडो भनिनुले पनि प्राचीन समयदेखि नै देवी शक्तिमा विश्वास गरिएको डाँडो रहेको अनुमान गर्न सकिन्छ वा पूर्ण रूपमा लिम्बू जातिको बसोवास भएको बेला मुक्कुम्लुङ भनिएको हुन सक्छ। तर, जब मल्लकालदेखि आर्यहरू पूर्वतर्फ सर्न थाले, उनीहरूको किराँत प्रदेशमा प्रवेश भने नेपाल एकीकरणपछि मात्र भएको मानिन्छ। यही आर्य लवजमा पाथीभरा राखिएको हो भन्ने दाबी गोपीकृष्ण अधिकारीको छ।

पाथीभरा मन्दिर अवस्थित डाँडोको आकृति पाथीमा अन्न भर्दा बन्ने आकारसँग मिल्दोजुल्दो देखिएकोले पाथीभरा देवी नाम राखिएको हो।"

 

[10] किरात याक्थुङ चुम्लुङ, जापान, स्मारिकामुक्कुम्लुङ्मा', २०७८ (सन् २०२१), पे. ५७७२ मा प्रकाशित "याक्थुङ स्थाननाम, मुन्धुम लोकविश्वासमा मुक्कुम्लुङ्मा" (मारोहाङ खवाहाङ लिम्बु, पीएचडी, डी.बी. आङ्बुङ प्राज्ञ अमर तुम्याहाङ द्वारा लेखिएको): "यसरी हेर्दा नाम यादृच्छित नभएर अर्थपूर्ण हुन्छ भन्ने भाषा वैज्ञानिक मान्यता अनुसार सेसे मुक्तिःत् मुक्तिःत्पुङ् पवित्र शक्ति बल्ने शक्तिकेन्द्र भएको प्रतीत् हुन्छ मुन्धुम लोकप्रचलनमा बृहत्तर रूपमा प्रयुक्त मुक्कुम्लुङ्मा नामले पनि शक्तिदायिनी ढुङ्गो या पहाड भएको अर्थ बोध हुन्छ यी दुवै नामको मूल कुरा भनेकोमुक्हो यसलेशक्तिजनाउँदछ "

 

[11] महासन्धिको धारा () मासम्बन्धित आदिवासीहरूलाई आफ्ना जीवन, आस्था, संस्था तथा आध्यात्मिक कल्याण निजहरूले चर्चेको वा अन्य किसिमले प्रयोग गरेको भूमिमा प्रभाव पार्ने विकासका प्रक्रियाका लागि आफ्नो प्राथमिकता निर्धारण गर्ने तथा सम्भव भएको हदसम्म आफ्नो आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा नियन्त्रण कायम राख्ने अधिकार हुनेछ। यसका अतिरिक्त, निजहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पार्न सक्ने राष्ट्रिय तथा क्षेत्रीय विकासका योजना कार्यक्रमको तर्जुमा, कार्यान्वयन मूल्याङ्कनमा निजहरू सहभागी हुनेछन्" भनिएको छ। त्यसैगरी, उपधारा () मासरकारहरूले यथोचित रूपमा सम्बन्धित आदिवासीहरूको सहयोगमा योजनाबद्ध विकासका कार्यहरूको अध्ययन गरेर निजहरूमा पर्ने सामाजिक, आध्यात्मिक, सांस्कृतिक वातावरणीय प्रभाव लेखाजोखा गर्ने कुरा सुनिश्चित गर्नेछन्। त्यस्ता अध्ययनका निष्कर्षलाई कार्यक्रम कार्यान्वयनका लागि मुख्य आधारको रूपमा लिइनेछभन्ने व्यवस्था गरिएको छ।

 

[12] आदिवासी तथा जनजातिसम्बन्धी महासन्धि, १९८९ (नं. १६८) सम्बन्धी जानकारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका त्रिपक्षीय साझेदारहरूका लागि पुस्तिका अन्तर्राष्ट्रिय श्रम कार्यालय, जेनेभा, २०१३, पृष्ठः २९

 

[13] प्रस्तावना तथा धारा ३०()

 

[14] धारा ५१()को देहाय (): राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संवर्धन वातावरण अनुकूल दिगो रुपमा उपयोग गर्ने स्थानीय समुदायलाई प्राथमिकता अग्राधिकार दिंदैं प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने