विगत केही महिनामा चीनको सिन्जियाङ उइघुर स्वायत्त प्रान्त Xinjiang Uighur Autonomous Region (XUAR) मा उइघुर, कजाख र अरू अल्पसंख्यक मुस्लिम समुदायका मानिसहरूलाई मनोमानी ढङ्गमा हिरासतमा राखिएको र जबर्जस्ती प्रशिक्षण गरिएको समाचारहरू बाहिर आएका छन् | गोप्य तरिकामा करिब १० लाख मानिसलाई यसरी राखिएको खबरले उक्त प्रान्तमा मानवअधिकारको अवस्था विकराल रहेको देखाउँछ |
सिनजियाङ उइघुर स्वायत्त प्रान्तमा व्यापक सामूहिक हिरासतबारे उत्तरदायी हुन चिन सरकारलाई आग्रह गर्दै आज चिनियाँ राजदूत यु होङ् तथा चीन सरकारलाई यस विषयमा उत्तरदायी बन्न आग्रह गर्न नेपालका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीलाई ज्ञापनपत्र तथा एम्नेस्टी इन्टरनेसनलद्वारा सो विषयमा तयार गरेको अध्ययन प्रतिवेदन पेश गरेको छ |
XUAR प्रान्तमा बेपत्ता भएका मानिसका परिवार र नातेदारहरू त्रसित अवस्थामा रहेका भएपनि वर्षोँसम्म आफन्तहरू नफर्किएपछि सार्वजनिक रूपमा बोल्न थालेका छन् |
यस अवस्थाबारे विस्तृत जानकारी खोज्न चीन सरकारले स्वतन्त्र छानबिनलाई स्वीकार गर्नुपर्दछ | विशेषगरी उग्रवादीपन हटाउने नाममा हिरासतमा राखिएका सबै व्यक्ति र उनीहरूका परिवारप्रति चीन सरकार उत्तरदायी हुनुपर्दछ |