एम्नेस्टी इन्टरनेसनल
प्रेस विज्ञप्ति
२९ असार २०७७
विश्वव्यापी: स्वास्थ्यकर्मीहरूलाई चुप लगाउने, जोखिममा पार्ने र आक्रमण गर्ने कार्य गरियो
संसारभरीका स्वास्थ्यकर्मीहरूको अनुभवलाई दस्तावेजीकरण गरी तयार पारिएको एक नयाँ प्रतिवेदनलाई आज सार्वजनिक गर्दै एम्नेस्टी इन्टरनेसनलले कोभिड-१९ बाट संरक्षण प्रदान गर्न नसकी भएको स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूको मृत्युमा सरकारहरूलाई जवाफदेही बनाइनुपर्दछ भनी बतायो । एम्नेस्टीद्वारा गरिएको उपलब्ध तथ्याङ्कहरूको विश्लेषणले संसारभरी ३००० भन्दा बढी स्वास्थ्यकर्मीहरूले कोभिड-१९ बाट ज्यान गुमाउनुपरेको खुलेको छ । यो तथ्याङ्क वास्तविकताभन्दा अझ निकै कम पनि हुन सक्दछ ।
अझ डरलाग्दो त के छ भने कोभिड-१९ प्रतिकार्यको सन्दर्भमा सुरक्षा जोखिमताका कुराहरू उठाउने स्वास्थ्यकर्मीहरूले गिरफ्तारी र हिरासतदिख लिएर धम्की र निष्कासनसम्मका प्रतिशोधहरू सामना गर्नुपरेको एम्नेस्टी इन्टरनेसनलले आफ्नो प्रतिवदेनमा दस्तावेजीकरण गरेको छ ।
“कोभिड-१९ महामारी विश्वभरी अझै थप फैलिरहेको अवस्थामा हामी सरकारहरूलाई स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको जीवनलाई गम्भीरताका साथ लिन आह्वान गर्दछौँ । कोभिड-१९ महामारीको खराब उत्कर्ष अझै नबेहोरेका देशहरूले अन्य देशहरूको गल्ती दोहोर्याउन हुँदैन जसले स्वास्थ्यकर्मीहरूको अधिकार संरक्षण गर्न नसकेको कारण विनाशकारी परिणामहरू भोग्नुपर्यो,” एम्नेस्टी इन्टरनेसनलको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी अनुसन्धानकर्ता र सल्लाहकार सनिता अम्बास्टले भन्नुभयो ।
“आफ्नो जीवनलाई नै जोखिममा पार्न सक्ने अवस्थाहरूका बारेमा आवाज उठाउने स्वास्थ्यकर्मीहरूलाई केही सरकारले त सजायँनै गरेको देखिनु एकदमै चिन्ताजनक छ । अग्रपंक्तिमा रहेका स्वास्थयकर्मीहरूले नै कुनै सरकारी नीतिले काम गरेको छ वा छैन भनी सबैभन्दा पहिला थाह पाउँदछन् र उनीहरूलाई चुप लगाउने अधिरकारीहरूले जनस्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् भनेर गम्भीरताका साथ दाबी गर्न सक्दैनन् ।”
हजारौँले आफ्नो जीवन गुमाएका छन्
कोभिड-१९ को सङ्क्रमणका कारण कति स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको मृत्यु भएको छ भन्ने कुराको अहिले कुनै व्यवस्थित विश्वव्यावी लेखाजोखा छैन ।
यद्यपि, एम्नेस्टी इन्टरनेसनलले सङ्कलन गरी विश्लेषण गरेको उपलब्ध फराकिलो तथ्याङ्कले के देखाउँछ भने विश्वका ७९ देशहरूमा ३००० भन्दा धेरै स्वास्थ्यकर्मीहरूले कोभिड-१९ सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।
एम्नेस्टी इन्टरनेसनलको अनुगमनअनुसार स्वास्थ्यकर्मीहरूको अहिलेसम्म सबैभन्दा उच्च मृत्यु हुने देशहरूमा सयुक्त राज्य अमेरिका (५०७), रसिया (५४५), बेलायत (२६२ सामाजिक सेवाकर्मीहरू सहित ५४०), ब्राजिल (३५१), मेक्सिको (२४८), इटली (१८८), इजिप्ट (१११), इरान (९१), इक्वेडर (८२) र स्पेन (६३) रहेका छन् ।
कम रिपोर्टिङ्ग भएका कारण यो सङ्ख्या वास्तविक तथ्याङ्कभन्दा एकदमै न्यून हुन पनि सक्दछ । त्यस्तै फरक फरक गिन्तिका कारण विभिन्न देशहरूबीचको वास्तविक तुलना गर्न पनि कठिन छ । उदाहरणका लागि फ्रान्सले केही अस्पताल र स्वास्थ्य केन्द्रहरूबाट मात्र तथ्याङ्क लिएको छ भने इजिप्ट र रसियाका स्वास्थ्य सङ्गठनहरूले दिएको मृत स्वास्थ्यकर्मीहरूसम्बन्धी तथ्याङ्कलाई त्यहाँका सरकारहरूले सही नभएको भनी अस्वीकार गरेका छन् ।
जीवन बचाउने सुरक्षात्मक सामग्रीको अभाव
एम्नेस्टी इन्टरनेसनलले सर्भे गरेको ६३ देश र भुभागमध्ये प्राय सबै ठाउँका स्वास्थ्यकर्मीहरूले व्यक्तिगत सुरक्षात्मक सामग्रीहरूको गम्भीर अभाव भएको जनाएका छन् ।
यिनमा महामारीको अझै भयानक रूप देखा पर्न सक्ने देशहरू जस्तै भारत र ब्राजिल लगायत अफ्रिकाका थुप्रै देशहरू पर्दछन् । मेक्सिको शहरमा काम गर्ने एकजना डाक्टरले एम्नेस्टी इन्टरनेसललाई के भन्नुभयो भने त्यहाँ डाक्टरहरूले आफ्नो मासिक पारिश्रमिकको १२ प्रतिशत जति रकम सुरक्षात्मक सामग्री खरिद गर्नमै खर्च गर्ने गरेका छन् ।
यी सामग्रीहरूको आपूर्तिमा भएको विश्वव्यापि अभावका साथै व्यापारमा लगाइएको प्रतिबन्धका कारण पनि यो समस्या विकराल भएको हुन सक्दछ । सन् २०२० को जुनमा ५६ वटा देश र दुईवटा व्यापारिक गुटहरूले (युरोपियन युनियन र युरेशियन आर्थिक सङ्घ) ले केही वा सबै स्वरूपका सुरक्षात्मक सामग्रीहरू वा तिनको अवयवहरूको निर्यातलाई प्रतिबन्ध वा निषेध गर्ने उपायहरू लागू गरेका थिए ।
“राज्यहरूले आ-आफ्नो भूभागका स्वास्थ्यकर्मीहरूले पर्याप्त सुरक्षात्मक सामग्रीहरू प्राप्त गरेको सुनिश्चित गर्नुपर्ने हुन्छ र यस्तो खाले व्यापार प्रतिबन्धले सुरक्षात्मक सामग्रीहरूको आयातमा निर्भर देशहरूमा यस्ता सामग्रीहरूको अभवालाई झन खराब बनाउने जोखिम हुन्छ,” सनिता अम्बास्टले भनिन् ।
“कोभिड-१९ महामारी विश्वव्यापी समस्या हो र यसलाई सामना गर्न विश्वव्यापी सहयोगको आवश्यकता पर्दछ ।”
प्रतिशोध
सर्भे गरिएका कम्तिमा ३१ वटा मुलुकहरूमा काम गर्ने असुरक्षित अवस्थाका कारण स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूले हड्ताल गरेको, हड्ताल गर्ने चेतावनी दिएको वा विरोध प्रदर्शन गरेको विवरणहरूको एम्नेस्टी इन्टरनेसनलका अनुसन्धानकर्ताहरूले अभिलेख गरेका छन् । धेरै देशहरूमा त यस्ता गतिविधिहरू गर्नेहरूसँग अधिकारीहरूले प्रतिशोध पनि साँटेका छन् ।
उदाहरणका लागि इजिप्टमा नौजना स्वास्थ्यकर्मीहरूलाई मार्च र जुन महिनामा “गलत समाचार फैलाएको” र “आतङ्कवाद” जस्तो अस्पष्ट र एकदमै विस्तृत खालको अभियोगहरू लगाई स्वेच्छाचारी रूपमा हिरासतमा लिइएको एम्नेस्टीले अभिलेख गरेको छ । यसरी हिरासतमा लिइएका सबैजसोले सुरक्षासम्बन्धी चासो दर्शाउनुका साथै सरकारले महामारी नियन्त्रणमा गरेको कमजोरीलाई आलोचना गरेका थिए ।
सरकारका कमजोरीहरूका बारेमा बोल्ने डाक्टरहरूलाई धम्क्याउने, राष्ट्रिय सुरक्षा निकायबाट केरकार गर्ने, प्रशासनिक प्रश्नवाजी गर्ने र सजायसमेत गर्ने गरिएको इजिप्टका अर्का एकजना डाक्टरले एम्नेस्टी इन्टरनेसनललाई बताए । उनले थप भने : “धेरै डाक्टरहरूले यस्तो आहत र थकित पार्ने खालको यताउतिको दौडधुप गर्नुभन्दा बरू आफ्नो लागि सुरक्षात्मक सामग्री आफै खरिद गर्न रूचाउन थालेका छन् । अधिकारीहरूले डाक्टरहरूलाई मृत्यु र जेलमध्ये एक रोज्न बाध्य पारिरहेका छन् ।”
कतिपय अवस्थामा विरोध र हड्तालका कदमहरूलाई सरकारले निरङ्कुश शैलीमा व्यवहार गरेको छ ।
उदाहरणका लागि मलेशियमा एउटा अस्पताल सफा गर्ने कम्पनीविरूद्ध भएको शान्तिपूर्ण धर्नालाई प्रहरीले बल प्रयोग गरी तितरबितर पारेको छ । कम्पनीले आफ्ना सदस्यहरूलाई गरेको अन्यायपूर्ण व्यवहार र अस्पताल सफा गर्ने सफाइकर्मीहरूलाई पर्याप्त संरक्षणको अवाभ आदिका बारेमा धर्नाकारीहरूले आफ्नो गुनासो राखेका थिए । प्रहरीले “अनधिकृत भेला गरेको” आरोपमा पाँचजनलाई गिरफ्तार गरी हिरासतमा राख्यो र उनीहरूको सङ्गठन र भेला गर्न पाउने अधिकारको उल्लङ्घन गर्यो ।
“स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूमा अन्यायपूर्ण व्यवहारविरुद्ध आवाज उठाउने अधिकार रहेको हुन्छ,” सनिता अम्बास्टले भनिन् ।
“स्वास्थ्यकर्मीहरूले सरकारलाई महामारीविरुद्धको प्रतिकार्यलाई सुधार गर्नमा सहयोग गर्न सक्दछन् । साथै उनीहरूले सबैलाई सुरक्षित राख्न पनि सहयोग गर्दछन् । तर यदि उनीहरू जेलमा पुगेभने उनीहरूले यस्तो गर्न सक्नेछैनन् । यदि उनीहरूले बोल्न सकेनन् भने पनि यस्तो गर्न सक्नेछैनन् ।”
आफ्नो चासोहरूका बारेमा बोलेका कारण धेरै देशहरूमा स्वास्थ्यकर्मी र अत्यावश्यक सेवाकर्मीहरूले अनुशासनात्मक कारबाही खेप्नुपरेको वा उनीहरूलाई कामबाट बर्खास्त गरिएको प्रतिवेदनहरू पनि रहेका छन् ।
उदाहरणका लागि संयुक्त राज्य अमेरिकामा नर्सिङ्ग सहायक टैनिका सोमर्भिललाई उनले फेसबुकमा राखेका भिडियोका कारण कामबाट बर्खास्त गरिएको थियो । उक्त भिडियोमा उनले अतिरिक्त सुरक्षात्मक सामग्रीको माग गरेकी थिइन् । टैनिका भन्छिन् उनी काम गर्ने इलिन्वाएको नर्सिङ्गहोमका कर्मचारीहरूलाई कोभिड-१९का बिरामीहरूसँग उनीहरूले काम गरिरहेका छन् भन्ने कुरा बताइएको थिएन र यो कुरा उनले सञ्चारमाध्यमबाट थाह पाएकी थिइन् । उक्त नर्सिङ्ग होममा ३४ जनाको सङ्क्रमण भएको थियो र मे २९ सम्ममा १५ जनाका कोभिड-१९ का कारण मृत्यु भएको थियो ।
रसियामा एम्नेस्टी इन्टरनेसनलले युलिया भोल्कोभा र टाटिआना रेभा दुई डाक्टरको मुद्दलाई प्रकाशमा ल्याएको छ । सुरक्षात्मक सामग्रीको अभवाका बारेमा गुनासो गरेका कारण उनीहरूले प्रतिशोधको सामना गरिरहेका छन् । युलियालाई रसियाको मिथ्या समाचार कानुनअन्तर्गत अभियोग लगाइएको छ र उनले एक लाख रुबल (अमेरिकी डलर १,४४३) जरिवाना सामना गरिरहेकी छन् भने टाटिआना रेभाले अनुशासनात्मक कारबाही भोगिरहेकी छन् जसले उनको बर्खास्त समेत गर्न सक्दछ ।
अन्यायपूर्ण पारिश्रमिक र सुविधाहरूको अभाव
असुरक्षित कार्यस्थलका अलावा केही स्वास्थ्य र अत्यावश्यक सेवा कर्मीहरूलाई कसरी अन्यायपूर्ण पारिश्रमिक भुक्तान गरिन्छ र केही अवस्थामा पारिश्रमिक नै दिईदैन भन्नेबारे एम्नेस्टी इन्टरनेसनलले दस्तावेजीकरण गरेको छ ।
उदाहरणका लागि दक्षिण सुडानमा सरकारी तलबमा कार्यरत चिकित्सकहरूले फेब्रुअरीदेखि तलब पाएका छैनन् र उनीहरूले अन्य कल्याणकारी वा मेडिकल सुविधाहरू पनि पाएका छैनन् । ग्वाटेमालामा कम्तिमा पनि ४६ जना कर्मचारीहरूलाई साँढे दुई महिनादेखि कोभिडसम्बन्धी एउटा अस्पतालमा काम गरेकोमा पारिश्रमिक भुक्तान गरिएको छैन ।
कोभिड-१९ महामारीका सन्दर्भमा केही देशहरूमा स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको लागि कुनै थप सुविधाहरू उपलब्ध छैनन् र अन्य देशहरूमा केही समूहका कर्मचारीहरूलाई सुविधामा समावेश गरिएको छैन ।
एम्नेस्टी इन्टरनेसनल राज्यहरूलाई कोभिड-१९ लाई एक पेशासँग सम्बन्धित बिमारीपन मान्न आहवान गरिरहेको छ ।
यसअनुसार स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीलाई सङ्क्रमण सरेको खण्डमा क्षतिपूर्ति र अन्य सहयोगहरू उपलब्ध भएको उनीहरूले सुनिश्चित गर्नुपर्दछ । उनीहरूलाई पनि कोभिड-१९ परीक्षणको लागि प्राथमिकताको समूहमा समावेश गर्नुपर्दछ ।
बदनामी र हिंसा
एम्नेस्टी इन्टरनेसनलले धेरैवटा घटनाहरूको दस्तावेजीकरण गरेको छ जहाँ स्वास्थ्य र अत्यावश्यक कर्मचारीहरूले आफ्नो पेशाको कारण बदनामी र हिंसाको सामना गर्नुपरेको थियो । उदाहरणका लागि मेक्सिकोमा एकजना नर्सलाई सडकमा हिंड्दा भिज्ने गरी क्लोरिन छ्यापिएको थियो र फिलिपिन्समा आक्रमणकारीहरूले अस्पतालका कर्मचारीका अनुहारमा ब्लीच खनाइदिएका थिए ।
यी घटनाहरूले गलत सूचना र स्वास्थ्यकर्मीहरूले भोगीरहेको बदनामीको वातावरणलाई इङ्गित गर्दछन् र कोभिड-१९ संक्रमणका सवालमा सरकारहरूले सही र सुलभ जानकारी प्रदान गर्नुपर्ने विषयको महत्त्वलाई जोड दिन्छ ।
एम्नेस्टी इन्टरनेसनलले गत अप्रिलदेखि पाकिस्तानमा स्वास्थ्यकर्मीहरूविरुद्ध भएको हिंसाका धेरै घटनाहरूको अभिलेख गरेको छ । अस्पतालहरू तोडफोड गरिएको छ, चिकित्सकहरूमाथि आक्रमण गरिएको छ र एक जनालाई त प्रतिआतङ्कवाद बलका सदस्यले गोली समेत हानेका थिए ।
पाकिस्तानका मन्त्रीहरूले अस्पतालमा आवश्यक साधनहरू भएको बताएपनि प्राप्त प्रतिवेदनहरूका अनुसार बिरामी राख्ने बिस्तारा, भेन्टिलेटर र जीवन बचाउने अन्य उपकरणको अभावका कारण अस्पतालहरू सिकिस्त भएका बिरामीहरूलाई पनि उपचार नगरी फर्काउन बाध्य भएका थिए । यसले गर्दा स्वास्थ्यकर्मीहरू जोखिममा परेका छन् किनभने उनीहरूले थप बिरामीहरू भर्ना गर्ने ठाउँ छैन भन्दा मानिसहरू विश्वास गर्दैनन् ।
सिफारिस
“हामी कोभिड-१९ बाट प्रभावित सबै देशहरूलाई आफूले महामारीको लागि गरेको तयारी र महामारीविरुद्ध भए गरेका प्रतिकार्यहरूको बारेमा स्वतन्त्र र सार्वजनिक समीक्षा गर्न आग्रह गर्दछौं ताकी भविष्यमा हुनसक्ने अन्य रोगको व्यापक प्रकोपहरूमा मानवअधिकार र जीवनको उचित तरिकाले संरक्षण गर्न सकियोस्” सनिता अम्बास्टले भनिन् ।
यसमा स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूको उचित र अनुकूल वातावरणको अधिकार र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलगायतका अधिकारहरूको पर्याप्त सुरक्षा गरिएको थियो कि थिएन भन्ने विषयको पनि समीक्षा गरिनुपर्दछ ।
राज्यहरूले आफ्नो कामसँग सम्बन्धित गतिविधिहरूका कारण कोभिड -१९ संक्रमण भएका सबै स्वास्थ्य र अत्यावश्यक सेवाकर्मीहरूलाई पर्याप्त क्षतिपूर्ति सुनिश्चित गर्नुपर्दछ । स्वास्थयकर्मीहरूले स्वास्थ्य र सुरक्षासम्बन्धी विषयमा चासो राखेका कारण प्रतिशोधको सामना गर्नुपरेको घटनाहरूको छानबिन गर्नुपर्दछ र अन्यायपूर्ण व्यवहार खप्नुपरेकाहरूलाई प्रभावकारी उपचार प्रदान गर्नुका साथै बोलेकै कारण आफ्नो रोजगारी गुमाएकाहरूलाई पुनर्स्थापित गर्नुपर्दछ ।
पृष्ठभूमि
यस संक्षिप्त जानकारीको उद्देश्यका लागि “स्वास्थ्यकर्मीहरू” भन्नाले स्वास्थ्य र सामाजिक हेरचाहको काममा संलग्न जोसुकै पनि भन्ने बुझिन्छ । उनीहरू जुनसुकै ओहोदाका पनि हुन सक्दछन् र यसमा डाक्टर, नर्स, सामाजिक सेवाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक र अन्य स्वास्थ्यसेवाका कर्मचारीहरू पर्दछन् । यो संक्षिप्त जानकारी विशेषगरी स्वास्थ्यकर्मीहरूमा केन्द्रित रहेको भएतापनि उपलब्ध जानकारीका आधारमा यिनै कुराहरू “अत्यावश्यक सेवाकर्मीहरू”का सवालमा पनि लागू हुन्छ जो कोभिड-१९ महामारीको क्रममा विविध खाले अग्रपंक्तिको काममा खटिएका हुन्छन् ।
सबै तथ्याङ्कहरू २०७७ असार २ सम्मको मितिमा सही छन् ।
AMNESTY INTERNATIONAL
PRESS RELEASE
13 July 2020
Global: Health workers silenced, exposed and attacked
Governments must be held accountable for the deaths of health and essential workers who they have failed to protect from COVID-19, Amnesty International said today, as it released a new report documenting the experiences of health workers around the world. The organization’s analysis of available data has revealed that more than 3000 health workers are known to have died from COVID-19 worldwide – a figure which is likely to be a significant underestimate.
Alarmingly, Amnesty International documented cases where health workers who raise safety concerns in the context of the COVID-19 response have faced retaliation, ranging from arrest and detention to threats and dismissal.
“With the COVID-19 pandemic still accelerating around the world, we are urging governments to start taking health and essential workers’ lives seriously. Countries yet to see the worst of the pandemic must not repeat the mistakes of governments whose failure to protect workers’ rights has had devastating consequences,” said Sanhita Ambast, Amnesty International’s Researcher and Advisor on Economic, Social and Cultural Rights.
“It is especially disturbing to see that some governments are punishing workers who voice their concerns about working conditions that may threaten their lives. Health workers on the frontline are the first to know if government policy is not working, and authorities who silence them cannot seriously claim to be prioritising public health.”
Thousands have lost their lives
There is currently no systematic global tracking of how many health and essential workers have died after contracting COVID-19.
However, Amnesty International has collated and analysed a wide range of available data that shows that over 3000 health workers are known to have died after contracting COVID-19 in 79 countries around the world.
According to Amnesty International’s monitoring, the countries with the highest numbers of health worker deaths thus far include the USA (507), Russia (545), UK (540, including 262 social care workers), Brazil (351), Mexico (248), Italy (188), Egypt (111), Iran (91), Ecuador (82) and Spain (63).
The overall figure is likely to be a significant underestimate due to under-reporting, while accurate comparisons across countries are difficult due to differences in counting. For example, France has collected data from just some of its hospitals and health centres, while figures of deceased health workers provided by health associations in Egypt and Russia have been contested by their governments.
Shortages of life saving protective equipment
Health workers reported serious shortages of personal protective equipment (PPE) in nearly all of the 63 countries and territories surveyed by Amnesty International.
This includes countries which may yet see the worst of the pandemic, such as India and Brazil and several countries across Africa. A doctor working in Mexico City told Amnesty International that doctors were spending about 12% of their monthly salaries buying their own PPE.
In addition to a global shortage of supply, trade restrictions may have aggravated this problem. In June 2020, 56 countries and two trade blocs (the European Union and the Eurasian Economic Union) had put in place measures to either ban or restrict the export of some, or all, forms of PPE or its components.
“While states must ensure there is sufficient PPE for workers within their territories, trade restrictions risk exacerbating shortages in countries that are dependent on imports,” said Sanhita Ambast.
“The COVID-19 pandemic is a global problem that requires global cooperation.”
Reprisals
In at least 31 of the countries surveyed by Amnesty International, researchers recorded reports of strikes, threatened strikes, or protests, by health and essential workers as a result of unsafe working conditions. In many countries, such actions were met with reprisals from authorities.
In Egypt, for example, Amnesty documented the cases of nine health care workers who were arbitrarily detained between March and June on vague and overly broad charges of “spreading false news” and “terrorism”. All those detained had expressed safety concerns or criticized the government’s handling of the pandemic.
Another Egyptian doctor told Amnesty International that doctors who speak out are subjected to threats, interrogations by the National Security Agency (NSA), administrative questioning, and penalties. He said: “Many [doctors] are preferring to pay for their own personal equipment to avoid this exhausting back and forth. [The authorities] are forcing doctors to choose between death and jail.”
In some cases, strike action and protests have been met with heavy-handed responses.
In Malaysia for example, police dispersed a peaceful picket against a hospital cleaning services company. The picketers’ complaints centred around what they said was the unfair treatment of union members by the company as well as a lack of sufficient protection for hospital cleaners. Police arrested, detained and charged five health care workers for “unauthorized gathering” in violation of their rights to freedom of association and assembly.
“Health and essential workers have a right to raise their voices against unfair treatment,” said Sanhita Ambast.
“Health workers can help governments improve their response to the pandemic and keep everyone safe – but they can’t do this if they are in prison, and they can’t do it if they are afraid to speak up.”
There have also been reports in several countries of health and essential workers being fired or facing disciplinary action for speaking out about their concerns.
In the USA for example, certified nursing assistant Tainika Somerville was fired after posting a video on Facebook where she read out a petition calling for more PPE. Tainika says staff at the nursing home in Illinois where she works were not informed that they were working with COVID-19 patients and found out through the media. The nursing home had reported 34 infections and 15 COVID-19 related deaths as of May 29.
In Russia, Amnesty International highlighted the cases of two doctors, Yulia Volkova and Tatyana Reva, who are facing retaliation after complaining about a lack of PPE. Yulia Volkova has been charged under Russia’s fake news laws and faces a fine of up to RUB 100,000 (USD 1,443), while Tatyana Reva is facing disciplinary proceedings that may result in her dismissal.
Unfair pay and lack of benefits
In addition to unsafe working conditions, Amnesty International has documented how some health and essential workers are being unfairly paid or in some cases not paid at all.
In South Sudan for example, doctors on the government’s payroll have not received their salaries since February and do not receive welfare packages or medical cover. In Guatemala, at least 46 facilities staff were not paid for the two-and-a-half months they spent working at a COVID-19 hospital.
In some countries, there are no additional benefits for health and essential workers in the context of the Covid-19 pandemic, and in other countries benefits exclude certain categories of workers.
Amnesty International is calling on states to consider COVID-19 an occupational illness.
As part of this they must ensure that health and essential workers have access to compensation and other support in case they contract the infection. They must also be included in priority groups for COVID-19 testing.
Stigma and Violence
Amnesty International documented several cases where health and essential workers experienced stigma and violence because of their jobs. For example, a nurse in Mexico was reportedly drenched with chlorine while walking on the street, and in the Philippines, attackers poured bleach in the face of a hospital utility worker.
These incidents point to a climate of misinformation and stigma and underscore the importance of governments providing accurate and accessible information on the spread of COVID-19.
In Pakistan, Amnesty International has recorded several instances of violence against health workers since April. Hospitals have been vandalized, doctors have been attacked, and one was even shot by a member of the Counter Terrorism Force.
There have been several statements from ministers in Pakistan claiming that hospitals have the necessary resources, despite reports that hospitals have been forced to turn away even critical patients, due to the shortage of beds, ventilators and other life-saving equipment. This puts health workers in danger as people don’t believe them when they say they do not have room for more patients.
Recommendations
“We call on all states affected by COVID-19 to carry out independent public reviews into their preparedness for and responses to the pandemic, with a view to better protecting human rights and lives in the event of a future mass disease outbreak,” said Sanhita Ambast.
This should include a review into whether the rights of health and essential workers – including the right to just and favourable conditions of work, and the right to freedom of expression – were adequately protected.
States must ensure adequate compensation for all health and essential workers who have contracted COVID-19 as a result of work-related activities. They must also investigate cases where workers have faced reprisals for raising health and safety concerns, and provide effective remedy to those who have been unjustly treated including by reinstating workers who have lost their jobs for speaking out.
Background
For the purpose of this briefing, “health workers” refers to everyone involved in the delivery of health and social care in any capacity, including but not limited to doctors, nurses, social care workers, cleaners, ambulance drivers and facilities staff. While the briefing largely focuses on health workers, given available information, the same issues apply to a broader range of ‘essential workers’ who have been exposed to COVID-19 in a range of frontline jobs during the pandemic.
All figures are correct as of 6 July 2020.