कञ्चनपुरमा एकजना बालकको ज्यान जानेगरी भएको बलको प्रयोगबाट अत्यन्त दुःखित्

प्रेस विज्ञप्ती

 कञ्चनपुरमा एकजना बालकको ज्यान जानेगरी भएको बलको प्रयोगबाट अत्यन्त दुःखित्

 भदौ ९, काठमाडौं

बलात्कारपछि हत्या गरिएकी एक जना पीडित बालिकाको न्यायको माग गर्दै विरोधमा रहेका प्रदर्शनकारीहरूमाथि प्रहरीद्वारा प्रहार गरिएको गोलीबाट कञ्चनपुरमा चौध वर्षीय सन्नी खुनाको मृत्यु भएको समाचारले एम्नेस्टी इन्टरनेसन नेपाल अत्यन्त दुःखित् भएको छ ।

श्रावण १० गते बलात्कारपछि हत्या गरिएकी भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तलाई न्याय र दोषी पहिचान गरी कारबाहीको माग गर्दै स्थानीयहरू विरोधमा उत्रिएका थिए ।

तीब्र जनदबाबपछि प्रहरीले भाद्र ४ मा उक्त अपराधमा संलग्न भएको आरोपमा एकजना दिलिप सिं बिस्टलाई गिरफ्तार गरेको थियो । तर स्थानीयहरूले बिस्टलाई प्रहरीद्वारा झुट्ठा आरोप लगाई फसाइएको भन्दै वास्तविक दोषी पहिचान गरी गिरफ्तार गर्न माग गर्दै प्रदर्शन जारी राखेका थिए ।

कञ्चनपुरको शान्ति सुरक्षाको अवस्था भाद्र ७ बाट थप बिग्रिएको थियो जुन दिन वास्तविक अपराधी पहिचान गरी गिरफ्तार गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरूलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले सयौं राउण्ड अश्रु ग्यास र दर्जनौं राउण्ड हवाइ फाएर गरेको थियो । पछि स्थानीय प्रशासनले रात्रीकालीन कर्फ्यु जारी गरेको थियो ।

एम्नेस्टी इन्टरनेसनल नेपाल कञ्चनपुरको खस्कँदो शान्ति सुरक्षाको अवस्थाले गहिरो रूपमा चिन्तित भएको छ र स्थिति साम्य पार्ने क्रममा सक्दो बढी संयमता अपनाउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछ । हामी प्रदर्शनकारीहरूलाई पनि विधिको शासनको पालना गर्न र विरोधका शान्तिपूर्ण उपायहरू अपनाउन हार्दिक अनुरोध गर्दछौँ ।

“प्रहरीद्वारा भएको गोली प्रहारबाट भदौ ८ गते सुन्नी खुनाको मृत्यु हुनेगरी र अन्य २४ जना घाइते हुनेगरी भएको घटनाले हामी अत्यन्तै मर्माहत भएका छौं “, एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले भने । “हामी कानुन कार्यान्वयन गर्ने अधिकारीहरूलाई बलको सँधै वैधानिक मात्र प्रयोग गर्न तथा बल तथा हतियार प्रयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आधारभूत सिद्धान्तहरूलाई पालना गर्न अनुरोध गर्दछौँ ।यो सिद्धान्तअनुसार अधिकारीहरूले बल तथा हतियारको प्रयोग गर्नु अघि अहिंसात्मक उपायहरू अपनाउनुपर्ने हुन्छ । यो सिद्धान्तले “अन्य उपायहरू अप्रभावकारी सिद्ध भएमा वा प्राप्त गर्न खोजिएको शान्ति सुरक्षासम्बन्धी उद्देश्य पुरा हुन नसक्ने अवस्था भएमा मात्रै बल तथा हतियारको प्रयोग गर्न मिल्ने” जनाएको छ ।    

भदौ ८ मा भएको हिंसात्मक घटनाको सवालमा स्वतन्त्र र निष्पक्ष छानबिन गर्न तथा पीडित र तिनका परिवारहरूलाई शीघ्र र प्रभावकारी न्याय र परिपूरण प्रदान गर्न पनि हामी गम्भीर आग्रह गर्दछौँ ।

PRESS STATEMENT

 Use of Force Resulting into Death of a Minor in Kanchanpur Deeply Disturbing

August 25, Kathmandu

Amnesty International Nepal is deeply disturbed by the news of the death of a fourteen-year-old Sunny Khuna who received a live bullet fired by the Police in Kanchanpur against the crowd protesting for justice to a victim of rape and murder.

Nirmala Panta, a thirteen year old girl of Bhimdutta Municipality was found murdered after rape on 26 July, and the locals were in a protest demanding that the culprit behind the heinous crime be identified, tried and brought to justice.

Following intense public pressure, police had arrested on 20 August one Dilip Singh Bista for the alleged involvement in the crime. The locals, however, had continued their protest alleging that Mr. Bista was framed by the police and falsely charged for the crime.

The law and order situation in Kanchanpur deteriorated after locals of Kanchanpur came out on the street demanding arrest of the real culprit on 23 August on which day police reportedly fired “hundreds” of rounds of tear gas and several rounds of aerial shots to contain the crowd. The local administration had later imposed the night time curfew.

Amnesty International Nepal is deeply troubled by the deteriorating law and order situation in Kanchanpur and urges the local administration to exercise maximum possible restraint while enforcing laws to calm the situation. We also urge the protestors to respect the rule of law and resort to peaceful means of protests.

“The incident resulting in the death of Sunny Khuna and injuries of twenty four others on 24 August due to the police firing is deeply disturbing”, said Nirajan Thapaliya, Director of Amnesty International Nepal. “We urge the authorities and law-enforcement officials in Nepal to only resort to a legitimate use of force, and always adhere to the UN Basic Principles on the Use of Force and Firearms which requires officials to apply non-violent means before resorting to the use of force and firearms. The Basic Principles allows the use of force and firearms “only if other means remain ineffective or without any promise of achieving the intended result”.

We also urge the authorities to carry out independent and impartial inquiry into the event leading to the violence on 24 August, and to provide prompt and effective redress and justice to the victims and their families.