कोभिड-१९: फैँलदो ओमिक्रोन भेरिएन्टका बीच विश्वका नेताहरूले अन्य मुलुकमा खोप बाँड्न आफूलाई उत्प्रेरित गर्नुपर्दछ ।

काठमाडौं, २२ मंसिर ।               

विश्वमा कोभिड-१९ विरुद्धको पहिलो खोप लगाइएको प्रथम वार्षिकीलाई स्मरण गर्दै एम्नेस्टी इन्टरनेसनलका स्वास्थ्य सल्लाहकार टामारेन नेल्सनले भने:

“हालै देखा परेको कोरोनाको ओमिक्रोन भेरिएन्टले कोरोना महामारीलाई विश्वव्यापी रूपमा नै सम्बोधन गर्न नसक्दाको परिणाम के हुन्छ भन्ने कुरालाई स्पष्टसँग सम्झाइदिएको छ।

“महामारी विश्वव्यापी प्रकृतिको भएको र विश्वमाकोभिड-१९ खोपको असमान वितरणले अरू नयाँ भेरिएन्टहरू देखा पर्ने सम्भावना मात्र बढाउने भनी विशेषज्ञहरूले हामीलाई चेतावनी दिइरहेका छन्। यद्यपि केही उच्च आयस्रोत भएका देशहरूले आफ्नो जनसंख्याको झन्डै ९०% लाई पूर्ण रूपमा खोप लगाएका भए पनि कम आयश्रोत भएका देशहरूमा भने केवल ७% मानिसहरूले मात्र पहिलो डोज प्राप्त गरेका छन्।

“कोभिड-१९ महामारीलाई अन्त्य गर्नका लागि खोपको महत्त्वलाई बारम्बार स्वीकार गर्दै धनी राष्ट्रका नेताहरूले विशेषगरी ओमिक्रोनको भेरिएन्ट देखापरिरहेको यस अवस्थामा आफ्ना जनतालाई खोप लगाउन आग्रह गर्दै आएका छन्। तथापि, यो सन्देश संसारका सबैलाई लागू हुन्छ भन्ने कुरा यी नेताहरूले बिर्सेजस्तो लाग्दछ।

“आफ्ना सबै जनसंख्यालाई खोप दिइसकेका धनी राष्ट्रहरूले प्रयोग नगरिएका करोडौं खोपका डोजहरू थुपारीरहनु र औषधी कम्पनीहरूले आफ्नो उत्पादनको ठुलो हिस्सा यिनै देशहरूमा अझै पठाइरहनु दुःख लाग्दो कुरा हो।

“यदि हामी नयाँ भेरिएन्टहरूको विस्तार रोक्न र महामारीको अन्त्य गर्न चाहन्छौं भने खोपहरू थुपार्दै आएका देशहरूले तुरुन्तै ती खोपलाई पुनः वितरण गर्नुपर्दछ र साथै व्यापक रूपमा खोपको वितरणका लागि देशहरूसँग पर्याप्त समय र स्रोतभएको पनि सुनिश्चित गर्नुपर्दछ। त्यसैगरी, औषधी कम्पनीहरूले आफू जीवन बचाउने वस्तुहरूको उत्पादन गर्ने व्यवसायमा संलग्न भएकोकुरालाई महसुस गर्दै यस्ता जीवन बचाउने उत्पादनहरूलाई सबैभन्दा धेरै डलर प्राप्त हुने ठाउँमा नभई सबैभन्दा बढी आवश्यक रहेको ठाउँमा पुर्याउनु पर्दछ।

समाप्त

पृष्ठभूमि

आफ्नो हन्ड्रेड  डे काउन्टडाउन: टु बिलियन भ्याक्सिन्ज् नाउ! अभियानका साथ न्यून  तथा मध्यम न्यून  आयस्तर भएका देशहरूका कम्तीमा ४०% मानिसहरूले सन् २०२१ को अन्त्यसम्ममा खोप प्राप्त गर्न सकुन् भन्ने लक्षसहित सन् २०२१ सेप्टेम्बर २२ देखि एम्नेस्टी इन्टरनेसनलले राज्य तथा औषधी कम्पनीहरूलाई कोभिड-१९ खोपहरूमा समान पहुँच सुनिश्चित गर्न आह्वान गर्दै आएको छ। यस वर्षको अन्त्य हुनलाई २५ दिन भन्दा कम समय बाँकी रहेको हुनाले अब काम गर्ने समय भएको छ।

Topics