नेपाल : यातना तथा दुर्व्यवहारको अपराधमा पीडितलाई न्यायबाट निरन्तर वञ्चित पारिँदै – शीघ्र, विस्तृत र प्रभावकारी अनुसन्धान सुनिश्चित गर्न स्वतन्त्र संयन्त्र आवश्यक

२०७८ असार १२
काठमाडौं, नेपाल

यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को अवसरमा मानब अधिकार पीडित समूह एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरू यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहारका सबै कार्यको प्रभावकारी अनुसन्धान र अभियोजन गर्नका लागि तत्कालै एक स्वतन्त्र संयन्त्र गठन गर्न नेपाल सरकारलाई आह्वान गर्दछन् । नेपाल पक्षराष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध र यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायसम्बन्धी अनुबन्ध लगायतका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धिहरूले नेपाललाई यातना तथा अन्य दुव्र्यवहारका कार्यको अनुसन्धान र अभियोजन गर्न, पीडकलाई सजाय दिन तथा पीडितहरूलाई प्रभावकारी उपचार र परिपूरण उपलब्ध गराउने दायित्व निर्धारण गरेका छन् । तथापि यी दायित्वहरूलाई पालना गर्न नेपाल विफल भएको छ ।

यससँगै थुनुवाका र यातना पीडितलगायत जोखिममा रहेका समूहमा जारी कोभिड–१९ महामारीको असर व्यापक रहेको छ । थुनाको वैधतालाई निगरानी गर्ने अदालतहरूको सीमित क्षमता र थुनुवाहरूलाई परिवारका सदस्य तथा कानूनव्यवसायीमा पहुँचको अभावका कारण गैरकानूनी थुनामा राख्ने घटनामा वृद्धि भएको तथ्यलाई मानवअधिकार संगठनहरूले अभिलेखीकरण गरेका छन् । नियमित स्वास्थ्य सेवामा सीमित पहुँच, कमजोर आर्थिक स्थिति तथा बढ्दो अनिश्चितताका कारण यातनापीडितको मनोसामाजिक स्वास्थ्य थप बिग्रिएको छ ।

नेपालको यातनासम्बन्धी पहिलो कानून यातना क्षतिपूर्ति ऐन, २०५३ अन्तर्राष्ट्रिय मापदण्डअनुकूल छैन । यस ऐनअन्तर्गत मुद्दा दायर गर्ने पीडितहरूले न्याय पाएका छैनन् किनकि यसका प्रावधानहरू अत्यन्तै नियन्त्रणात्मक र त्रुटिपूर्ण रहेका छन् । अपराध संहिता, २०७४ ले यातनालाई फौजदारी अपराधको रूपमा परिभाषित गरेको कुरा स्वागतयोग्य थियो जसले पीडितहरूमा न्यायको लागि केही आशा जगाएको थियो । तर अपराध संहिताअन्तर्गत दायर गरिएको कुनै पनि मुद्दामा अहिलेसम्म सफल अभियोजन हुन नसकेको तथ्यले यातना तथा यातनाको सम्बन्धमा विद्यमान दण्डहीनता अन्त्य गर्ने नेपालको प्रतिबद्धतामा शंका पैदा गरेको छ । आफ्ना सहकर्मीहरूलाई संरक्षण गर्ने प्रयासअनुसार प्रहरी अधिकृतहरूबाट भएका यातना वा अन्य दुव्र्यवहारमा जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्ने गरेका छन् ।

विगत दशकहरूले देखाएझँझँ नेपाल प्रहरीले स्व–नियमन गर्न इन्कार गरेको छ । सुरक्षाकर्मीहरूले गरेको मानवअधिकार उल्लंघनमा विद्यमान दण्डहीनताको अवस्थालाई मध्यनजर गदै हालै सर्वोच्च अदालतले प्रहरीबाट भएको मानवअधिकार उल्लंघनका घटनामा अनुसन्धान तथा अभियोजन गर्नका लागि एक स्वतन्त्र संयन्त्र गठन गर्न सरकारलाई आदेश दिएको छ । त्यसैले तपसिलका संस्थाहरू सरकारी अधिकारीहरूलाई निम्न कुरा सुनिश्चित गर्न आह्वान गर्छन् :

  • यातनाका सबै कार्यको अनुसन्धान तथा अभियोजन सुनिश्चित गर्नका लागि स्वतन्त्र संयन्त्र गठन गर्ने,
  • पीडितहरूको प्रभावकारी उपचार प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने,
  • यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायसम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्ने, र
  • कोभिड–१९ को बहानामा व्यक्तिहरूलाई अवैध थुनामा राख्ने, यातना दिने वा दुव्र्यवहार गर्ने कार्य बन्द गर्ने ।

हस्ताक्षर गर्ने संस्थाहरू:

राष्ट्रिय संस्थाहरू

जवाफदेहिता निगरानी समिति (एडब्ल्यूसी)

वकालत मञ्च नेपाल (एएफ)

अलायन्स फर सोसल डायलग (एएसडी)

एम्नेस्टी इन्टरनेसनल–नेपाल

नीलहीरा समाज नेपाल

सेन्टर फर लिगल स्टडीज (सिएलएस)

सिभिल राइट््स एसोसिएसन नेपाल

शान्तिका लागि साझा अभियान (कोक्याप)

द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल

१०

द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल

११

द्वन्द्वपीडित साझा चौतारी

१२

न्यायका लागि द्वन्द्वपीडित समाज

१३

लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डीएफएआरआई)

१४

डिग्निटी मिडिया

१५

बहिर्गमित जनमुक्ति सेना नेपाल (डी–प्लान)

१६

व्यक्तिको अधिकार रक्षा मञ्च नेपाल

१७

नेपाल पुनरस्थापकीय न्याय मञ्च

१८

महिला कानून तथा विकास मञ्च (एफडब्ल्यूएलडी)

१९

महिला पत्रकार तथा सञ्चार मञ्च (सञ्चारिका समूह)

२०

गणेश उज्जन स्मृति प्रतिष्ठान

२१

मानव अधिकार तथा न्याय केन्द्र (एचआरजेसी)

२२

न्यायका लागि मानव अधिकार

२३

राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फोन)

२४

मानव अधिकार संगठन (हुरोन)

२५

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)

२६

मानवअधिकार, वातावरण तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (इन्हुरेड इन्टरनेसनल)

२७

जागरण मिडिया सेन्टर (जेएमसी)

२८

न्याय तथा अधिकार संस्था (ज्युरी–नेपाल)

२९

सामाजिक न्यायका लागि कानून तथा नीति मञ्च (ल्यापसोज)

३०

कानूनी सहायता तथा परामर्श केन्द्र नेपाल (एलएसीसी)

३१

मैना बाल विकास समिति

३२

शहीद तथा बेपत्ता लडाकू परिवार प्रतिष्ठान

३३

नागरिक आवाज

३४

महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल

३५

अपांग द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल

३६

बेपत्ता परिवारको राष्ट्रिय सञ्जाल

३७

नेपाल कानून तथा नीति केन्द्र

३८

नेपाल पीस बिल्डिङ इनिसिएटिभ

३९

पीस एन्भिजनरर्स

४०

सार्वजनिक प्रतिरक्षक समाज नेपाल (पीडीएस–नेपाल)

४१

संकल्प

४२

तरङ्गिणी फाउन्डेशन

४३

तराई मानवअधिकार रक्षक संजाल (टीएचआरडी अलायन्स)

४४

द स्टोरी किचन

४५

बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ–नेपाल)

४६

भ्वाइसेस अफ वुमन मिडिया (भाओ मिडिया)

४७

मानव अधिकारका लागि एकल महिला (डब्लु एच आर)

४८

महिला पुन:स्थापना केन्द्र (ओरेक)

अन्तर्राष्ट्रिय संस्थाहरू

४९

एसियन अलायन्स अगेन्स्ट टर्चर

५०

एसियन जस्टिस एण्ड राइट्स (एजेएआर)

५१

एसियन ह्युमन राइट्स कमिसन (एएचआरसी)

५२

इन्टरनेशनल कमिसन अफ ज्यूरिस्ट (आईसीजे)

५३

इन्टरनेशनल फेडरेशन फर ह्युमन राइट्स

५४

ट्रायल इन्टरनेशनल

५५

ट्रन्जिशनल जस्टिस एसियन नेटवर्क