Described by his daughters as an “enthusiastic but terrible” cook, Idris Khattak is a man of many interests. He speaks Russian, reads voraciously, and breeds chickens that he loves to chat to.
Idris is also Pakistan’s expert on enforced disappearances. He’s spent years documenting this crime under international law for Amnesty International and Human Rights Watch. But in a cruel twist Idris, too, disappeared.
It was 13 November 2019 and Idris was on his way home from the capital, Islamabad, when his rented car was intercepted. He hasn’t been seen since. In Pakistan, the authorities use enforced disappearance to silence human rights defenders like Idris, and other critics.
With Amnesty’s help, Idris’ 20-year-old daughter, Talia, began fighting for her father’s return, despite being warned not to. Her bravery paid off. In June, the authorities admitted they had Idris in their custody and that they would be charging him under the Official Secrets Act. They still haven’t disclosed where he is.
Idris’s family fear he could be charged with espionage. If convicted, he could be jailed for 14 years or even sentenced to death.
“I look at pictures of Papa, and only dream of him walking into the room to be with us again,” says Talia. “We deserve answers and he deserves the protection of the law.”
Tell Pakistan’s authorities to release Idris.
Where is Idris Khattak?
इद्रिस खत्तक, पाकिस्तान
बलपूर्वक बेपत्ता पार्ने कार्यबारे आवाज उठाएकोमा अपहरण गरिएका
“खाना पकाउनमा धेरै उत्सुकता भएको तर मिठो चाहिँ नपकाउने” भनेर उनका छोरीहरूले इद्रिस खत्तकलाई सम्झन्छन् । इद्रिस खत्तकका अरू पनि थुप्रै रुचिहरू छन् । उनी रुसी भाषा बोल्न सक्छन्, अत्यधिक अध्ययन गर्छन् र कुखुरा पाल्छन् र पालेको कुखुरासँग गफ गर्न रमाउछन् ।
इद्रिस बलपूर्वक बेपत्ता पार्ने कार्यसम्बन्धी विषयमा पाकिस्तानका विज्ञ पनि हुन् । एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचमा काम गर्दै अन्तर्राष्ट्रिय कानुनअन्तर्गतको यस अपराधलाई दस्तावेजीकरण गर्न उनले वर्षौँ बिताएका छन् । तर भाग्यको कठोर खेल भन्नुपर्छ अहिले उनी आफैँलाई बेपत्ता पारिएको छ ।
सन् २०१९ को १३ नोभेम्बर (२७ कार्तिक २०७६) मा राजधानी इस्लामावादबाट घर फर्किरहेको समयमा उनी सवार भाडामा लिइएको गाडीलाई कब्जा गरियो र सम्पर्कबिहीन बनाईयो । पाकिस्तानमा इद्रिस जस्ता मानवअधिकार रक्षक र आलोचकहरूलाई मौन गराउन अधिकारीहरूले व्यक्तिलाई बलपूर्वक बेपत्ता पार्ने कार्य गर्ने गर्दछन् ।
इद्रिसकी २० वर्षीया छोरी तालियाले एम्नेस्टीको सहयोगमा आफ्नो बुबाको अवस्था पत्ता लगाउन अनेकन चेतावनीका बाबजुतपनि सङ्घर्ष गर्न सुरू गरिन् । उनको यस बहादुरीले राम्रै नतिजा दिलायो । गएको जुनमा पाकिस्तानी अधिकारीहरूले इद्रिस आफ्नो हिरासतमा रहेको स्वीकार गर्दै उनीविरुद्ध “आधिकारिक गोपनियतासम्बन्धी ऐन (Official Secrets Act)” अन्तर्गत मुद्दा चलाउने बताए । तर अहिलेसम्म उनी कहाँ छन् भन्नेबारे उनीहरूले खुलासा गरेका छैनन् ।
इद्रिसको परिवारलाई अधिकारीहरूले उनीविरुद्ध जासुसी गरेको भनी मुद्दा चलाउन सक्छन् भन्ने डर छ । यदि यो अभियोग सावित भएमा उनलाई १४ वर्षको जेल सजाय वा मृत्युदण्ड सम्म पनि हुनसक्दछ ।
“म बाबाको फोटोहरू हेर्छु र खालि उहाँ पुनः हामीसँगै रहनका लागि कोठाभित्र हिँड्दै आउनुभएको मात्र सपना देख्छु” तालिया भन्छिन् । “हामीलार्ई जवाफ चाहिन्छ र उहाँलाई कानुनी सुरक्षाको आवश्यकता छ ।”
इद्रिसलाई रिहा गर्नका पाकिस्तानी अधिकारीहरूलाई आह्ववान गरौँ ।