संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको अधिकारको संरक्षण रद्द गर्ने निर्णय गरेको छ। आउनुहोस् अहिले नै केही गर्नुहोस् र संयुक्त राज्य अमेरिकाका विभिन्न राज्यहरूका प्रमुखहरूलाई गर्भपतनमा प्रतिबन्ध लगाउन रोक्न र गर्भपतनको अधिकारको संरक्षण गर्न माग गर्नुहोस्।
मिति २०७८ असार १० गते (२४ जुन२०२२) संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनको अधिकारको संरक्षण रद्द गर्ने निर्णय गर्यो। यसको अर्थ अब संयुक्त राज्य अमेरिकाका हरेक राज्यहरूले गर्भपतनको अधिकारलाई नियमन गर्नेछन्। हाल संयुक्त राज्य अमेरिकाका आधा भन्दा बढी अर्थात २६ राज्यहरूमा पूर्ण वा आंशिक रूपमा गर्भपतन प्रतिबन्धित छ र अब अन्य राज्यहरू पनि गर्भपतनको अधिकार कटौती गर्न वा गर्भपतनमा प्रतिबन्ध लागू गर्न तयारी अवस्थामा रहेका छन्।
यो स्पष्ट छ: संयुक्त राज्य अमेरिका गर्भपतन हेरचाहसम्बन्धी मानवअधिकारलाई संरक्षण गर्ने सवालमा प्रतिगामी बन्दैछ।
गर्भपतनमा पहुँच मानवअधिकार हो। अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअन्तर्गत प्रत्येक व्यक्तिलाई जीवनको अधिकार, स्वास्थ्यको अधिकार र हिंसा, विभेद र यातना वा अन्य क्रूर, अमानवीय र अपमानजनक व्यवहारबाट मुक्त हुने अधिकार छ। कसैलाई पनि उनीहरूको इच्छा विपरित कुनैपनि कारणले गर्भधारण गर्न बाध्य पार्नु मानवअधिकारको उल्लङ्घन हो। गर्भपतन वैधानिक, सुरक्षित र सबैका लागि पहुँचयोग्य हुनुपर्छ।
विश्वभर र विशेष गरी अमेरिकी ध्रुवमा मानिसहरूले बढ्दो रूपमा मानवअधिकारको रूपमा गर्भपतनमा पहुँच हाँसिल गरिरहेका छन्। संयुक्त राज्य अमेरिकालाई मानवअधिकार कटौती नगर्न भन्न विश्वलाई आह्वान गर्नुहोस्।
Stop the abortion bans and protect the right to abortion care
संयुक्त राज्य अमेरिका भरका राज्य प्रमुखहरूलाई इमेलहरू पठाउनुहोस् र उनीहरूलाई गर्भपतनको प्रतिबन्ध रोक्न र गर्भपतन अधिकारको संरक्षण गर्न माग गर्नुहोस्।