Born in the heart of the Colombian Amazon, Jani Silva has dedicated her life to defending the trees and land that are everyone’s lifeblood. From the age of 16, she’s been standing with the campesino farmers of Putumayo, a region nestled in the south of the country and brimming with unique biodiversity.
Jani co-founded the Association for the Integral and Sustainable Development of the Amazonian Pearl (ADISPA) in 2008. Through it, she protects the environment and rights of those living in the Amazonian Pearl, a campesino reserve in Putumayo.
Her work placed her at loggerheads with the Ecopetrol oil company, which won a license to operate in areas overlapping with the reserve in 2006. In 2009 the license was transferred to the Amerisur oil company. Since then, at least two oil spills have poisoned the water sources that local communities depend on.
Defending the territory has had terrifying consequences for Jani. She’s been followed, intimidated by unknown aggressors, and threatened with death. COVID-19 has made matters worse, confining activists to their homes and limiting their protection.
Still, Jani remains undaunted. “Because I defend my territory, people have put a gun to my head to kill me”, she says. “However, I stay … because… we cannot run away or let ourselves be won over by fear.”
Demand protection for Jani.
Protect environmental defender Jani Silva
हानी सिल्भा, कोलम्बिया
अमेजोन जङ्गलको रक्षा गर्न खोज्दा ज्यान जोखिममा
कोलम्बियाको अमेजोनको मुटुमा जन्मेकी हानी सिल्भाले आफ्नो जीवन जमिन र रूखको संरक्षणमा समर्पण गरेकी छिन् । जमिन र रूख दुवै प्रत्येक मानिसका लागि जीवन शक्ति हो । १६ वर्षको उमेरदेखि उनी अद्वितीय जैविक विविधताले भरिपूर्ण देशको दक्षिणी भागमा रहेको पुटुमायो भन्ने ठाउँका क्यम्पेसिनो किसानहरूका साथमा उभिँदै आएकी छिन् ।
सन् २००८ मा हानीले अन्य अभियन्तासँगै मिलेर अमेजोनियन पर्लको आधारभूत र दिर्घकालीन विकास सङ्गठन (Association for the Integral and Sustainable Development of the Amazonian Pearl (ADISPA)) नामक एक संस्था स्थापना गरिन् । यस संस्थामार्फत उनले पुटुमायोमा रहेको अमेजोनियन पर्ल नामको एउटा क्यम्पेसिनो आरक्षको वातावरण र त्यहाँका बासिन्दाहरूको अधिकारको रक्षा गर्दै आइरहेकी छिन् ।
उनको कामले गर्दा सन् २००६ मा आरक्षित क्षेत्र ढाक्ने गरी कम्पनी सन्चालन गर्न अनुमति प्राप्त गरेको इको–पेट्रोल तेल कम्पनीसँग उनको टकराप पैदा भयो । सन् २००९ मा सो कम्पनीको इजाजतपत्र अमेरिसुर तेल कम्पनीमा हस्तान्तरण भएको थियो । त्यस बेलादेखि कम्तिमा दुई पटकसम्म तेल चुहावट भैसकेको छ र त्यसले स्थानीय समुदायको पानीको मुहानलाई प्रदूषित बनाएको छ ।
यस क्षेत्रलाई रक्षा गरेको कारण जानीले डरलाग्दो परिणाम भोग्नुपरेको छ । उनलाई अपरिचित व्यक्तिहरूले पछ्याएका छन् । अज्ञात आक्रमणकारीहरूले उनलाई त्रसित बनाएका छन् र ज्यान मार्ने धम्की समेत दिएका छिन् । कोभिड–१९ का कारण उनी जस्ता अभियन्ताहरूको अवस्था झन् खराब भएको छ । उनीहरू आफ्नै घरभित्र सीमित भएका छन् र सुरक्षाको अवस्था पनि कमजोर बनेको छ ।
अझै पनि हानी भने अडिग नै छिन् । “मैले आफ्नो क्षेत्र रक्षा गरेको कारण मान्छेहरूले मलाई मार्न बन्दुक ताकिरहेका छन्” उनी भन्छिन् । “तर म यहीँ बस्छु … किनभने हामी भागेर डरलाई जित्न दिनु हुँदैन ।”
हानी र अरू ADISPAसदस्यहरूको सुरक्षाका लागि कोलोम्बियाका राष्ट्रपतिसमक्ष माग गरौँ ।