न्यायका लागि बोल्दा रूथले आफ्नो स्वतन्त्रता गुमाइन्
रूथ लोपेज न्याय र जवाफदेहिताप्रतिको उनको दृढ विश्वासका लागि परिचित एक वकिल र मानवअधिकार रक्षक हुन् । युवा वकिल र अभियन्ताहरूलाई अध्यापन नगराउँदा र उनीहरूलाई मार्गदर्शन नगराउँदाको समयमा रूथलाई पुस्तक पढ्न र आफ्नो सुनाखरी फूल बगैँचाको हेरचाह गर्न मन पर्छ।
रूथले वर्षौंदेखि एल साल्भाडोरमा व्याप्त रहेको भ्रष्टाचार र मानवअधिकार दुर्व्यवहारकाविरुद्ध आवाज उठाउँदै आएकी छिन्। यस्तो आवाज उठाउनु जोखिमपूर्ण बन्दै गएको भएपनि उनले न्यायको प्रतिरक्षामा उभिने र विधिको शासनलाई संरक्षण गर्ने कार्यमा आफ्नो जीवन समर्पित गरिन्।
सन् २०२२ देखि एल साल्भाडोरमा सङ्कटकाल लागू भएको छ र यसले आलोचकहरूको आवाज दबाउन, अभियन्ताहरूलाई निशाना बनाउन र आधारभूत कानुनी अधिकारहरू कमजोर पार्नका लागि अधिकारीहरूलाई व्यापक अधिकार दिएको छ। अहिले शान्तिपूर्ण रूपमा आवाज उठाउने वा मानवअधिकारको रक्षा गर्ने कार्यले तपाईंको स्वतन्त्रताको अधिकारलाई जोखिममा पार्न सक्छ।
सन् २०२५ को मे महिनामा रूथलाई उनको आफ्नै घरबाट पक्राउ गरी हिरासतमा राखियो। उनको परिवारले उनलाई ४० घण्टासम्म कहाँ राखियो भन्ने थाहा पाएनन्। एक वर्ष बितिसक्दा पनि उनी अझै पुर्पक्षका लागि थुनामै रहेकी छिन्। उनलाई निष्पक्ष सुनुवाइको अधिकार र आफ्नो परिवार वा वकिलसँगको नियमित पहुँच इन्कार गरिएको छ।
रूथ लोपेज एक आस्थाकी बन्दी हुन् जसलाई उनको मानवअधिकारको शान्तिपूर्ण रूपमा अभ्यास गरेकै कारण हिरासतमा राखिएको छ।
एल साल्भाडोरका अधिकारीहरूलाई रूथ लोपेजलाई तत्काल र निःसर्त रिहा गर्न तथा उनीविरुद्ध लगाइएका सबै आरोपहरू खारेज गर्न आह्वान गरौँ।

