राज्य दमनका पीडितहरूलाई सहयोग गरेको कारण निशानामा

Write For Rights
इमान मजारी-हाजिर र हादी अली छट्टा | पाकिस्तान

इमान मजारी-हाजिर (दायाँ) र हादी अली छट्टा (बायाँ) मानवअधिकार अधिवक्ता हुन्। तीसको दशकमा रहेका यी दम्पतीको भेट अदालतमा एउटै मुद्दाका साझा सेवाग्राहीको प्रतिनिधित्व गर्ने क्रममा भएको थियो। लामो समयसम्म काममा व्यस्त नभएको बेला उनीहरू सँगै बाहिर खाना खान र साथी भाइहरूसँग भेटघाट गर्न मन पराउँछन्।

यो जोडीले आफ्नो व्यावसायिक जीवन राज्य दमनका पीडितहरूको प्रतिनिधित्व गर्नमा समर्पित गरेका छन् जुन काम पाकिस्तानमा जोखिमरहित भने छैन। अधिकारीहरूबाट आएको धम्की र दुर्व्यवहारका बाबजुद पनि उनीहरूले आफ्नो कामलाई साहसपूर्वक निरन्तरता दिए।

“यी धम्कीका कारण मैले आफ्नो पैरवीको कामलाई रोक्नेबारे एकपटक पनि सोचेकी छैन। यदि तपाईँ बारम्बार पछाडि फर्केर हेर्दै बस्नुभयो भने यसले तपाईँलाई आफ्नो उद्देश्यबाट विचलित गराउँछ र तपाईँका विरोधीहरूले जित्नेछन्” इमानले भनेकी थिइन्।

सन् २०२६ को जनवरी २४ मा इमान र हादीलाई बालोच र पाश्तुन अभियन्ताहरूप्रति ऐक्यबद्धता व्यक्त गर्दै र पाकिस्तानी सेनाको आलोचना गर्दै सामाजिक सञ्जालमा सामग्री पोस्ट गरेका कारण लामो जेल सजाय सुनाइयो। उनीहरूलाई यसरी दोषी ठहराइनुले पाकिस्तानी अधिकारीहरूले आफ्नो शक्ति र नियन्त्रणलाई थप सुदृढ बनाउने उद्देश्यले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउन, आलोचकहरूलाई दबाउन र वकिलहरूलाई दण्डित गर्न न्याय प्रणालीलाई प्रयोग गरेको छर्लङ्ग हुन्छ।

इमान र हादीले यतिखेर उनीहरूका महत्त्वपूर्ण गतिविधि र आफूलाई मन पर्ने कुराहरू गरिरहेको हुनुपर्ने हो। तर यसको साटो उनीहरूलाई जेलमा थुनिएको छ र एक अर्काबाट अलग राखिएको छ।

इमान मजारी-हाजिर र हादी अली छट्टालाई बिना शर्त रिहा गरिनुपर्छ र उनीहरूविरुद्धका सबै आरोपहरू तुरुन्तै खारेज गरिनुपर्छ।

Sign This Petition

24 signatures