नेथ नाहारा – अङ्गोला
टिकटकमा राष्ट्रपतिको आलोचना गरेको कारण जेल सजाय
अङ्गोलाकी ३२ वर्षीया गायिका तथा दुई बालबालिकाकी आमा आना दा सिल्भा मिगेलको जीवन निराशाजनक र कष्टकर थियो। यति धेरै सम्भावना भएको देशमा कसरी धेरै जनता गरिबीमा रहन पुगे? विद्यालय, रोजगारी र अवसरको अभावबाट हैरान भएर आना टिकटकतर्फ लागिन र “नेथ नाहारा” नामबाट सामाजिक संजालमा इन्फ्लुयन्सर तथा आलोचक बनिन्।
नेथले आफ्ना फलोवरहरूसँग आफ्नो जीवनका तिता मिठा क्षणहरू साझा गरिन्। उनी जोशिली, रमाइली र सत्य बोल्नमा निडर थिइन्। नेथले महिलालाई शिक्षाको खोजी गर्न र स्वतन्त्रता हासिल गर्न प्रोत्साहित गरिन्। उनले आफूलाई एचआईभी रोग लागेको कुरा साहसपूर्वक साझा गरिन् र कसरी स्वस्थ रहने भन्ने बारेमा सुझाव दिइन्।
सन् २०२३ को अगस्ट १२ मा राष्ट्रपति जोवाओ लोरेन्सोको खुला आलोचना गर्दै नेथ आफ्नो टिकटक च्यानलमा लाइभ भइन् । त्यसको भोलिपल्टै अङ्गोलाको राजधानी लुवान्डास्थित उनको घरबाट नेथ गिरफ्तार भइन्। उनको पुर्पक्ष संक्षिप्त तवरले गरियो, दोषी ठहर गरियो र छ महिनाको जेल सजाय तोकियो। सन् २०२३ को सेप्टेम्बर २७ मा उनलाई थप दुई वर्ष जेल सजाय गरियो।
नेथ जस्ता आलोचकहरूलाई चुप लगाउनका लागि अङ्गोलाका अधिकारीहरूले एउटा विवादास्पद कानुन (फौजदारी संहिता ३३३) लाई प्रयोग गरिरहेका छन्। यो कानुन कोभिड-१९ महामारीको बेला पारित गरिएको थियो। त्यस बेला अङ्गोलाका जनताहरू राष्ट्रपतिको नेतृत्वप्रतिको असन्तुष्टी व्यक्त गर्न सडकमा उत्रिएका थिए। यस कानुनले राष्ट्रपतिलाई “अपमान गर्नु”लाई फौजदारी कसुर करार गरेको छ।
स्वेच्छाचारी हिरासतमा बिताएको पहिलो आठ महिना नेथलाई एचआईभी उपचारको लागि आवश्यक पर्ने औषधिबाट बञ्चित गरिएको थियो। उनका कानुन व्यवसायीहरूले बारम्बार आग्रह गरेपछि मात्रै उनलाई आवश्यक औषधि प्रदान गरिएको थियो। बोल्ने साहस गरेकै कारण नेथ नाहारा र उनीजस्तै अन्यलाई हिरासतमा लिने र दुर्व्यवहार गर्ने गरिएको छ।
नेथ नाहाराको तत्काल र निशर्त रिहाइको लागि अङ्गोलाका अधिकारीहरूलाई आह्वान गराैँ।
Neth, a mother of two young children , was jailed for criticizing Angola’s president on TikTok. She was summarily tried, convicted, and sentenced to six months in prison – later increased to two years. Sign the petition and call on the authorities for her immediate and unconditional release.
What’s the problem?
At home, 32-year-old Ana da Silva Miguel is a singer and devoted mother to her two young children. But on TikTok she is better known as “Neth Nahara”, a fearless and fun social media influencer.
Growing up amid numerous challenges she became disillusioned with life being so hard. She couldn’t understand why a country with so much potential let so many live in poverty. Fed up with the lack of schools, employment, and opportunity, she took to social media and with her new persona “Neth Nahara” began encouraging women to seek education and independence, and bravely disclosed that she was living with HIV.
Last year, Neth went live on TikTok, openly criticizing President João Lourenço. But the Angolan authorities are using a controversial new law to silence critical voices like Neth’s. The very next day she was arrested.
Neth now faces years in prison, for “insulting” the president. Being torn from her children is agonizing enough, but on top of this the authorities initially denied her vital HIV medication, only allowing this after repeated requests.
During the pandemic, Angolan people took to the streets to express their discontent with the president’s leadership, but the authorities wouldn’t listen. Instead, Neth and others like her are arbitrarily detained and mistreated because they dare to speak out. Neth’s children miss her every day.
What can you do to help?
Sign the petition and call on the Angolan authorities to immediately and unconditionally release Neth Nahara.