वट्सुएटेन राष्ट्रका भूमि रक्षकहरू – क्यानाडा
आफ्नो पुर्ख्यौली भूमि र पृथ्वीको रक्षाको निम्ति संघर्षरत
“हाम्रो औषधि, हाम्रा फलहरू, हाम्रो खाना, जीव जन्तु, हाम्रो पानी, हाम्रो संस्कृति सबै यहाँ परापूर्व कालदेखि छन्। हामी हाम्रो भावी सन्ततीका लागि हाम्रो जीवन शैलीको रक्षा गर्न बाध्य छौं।” यी शब्दहरू स्लेयडो’का हुन्। उनी आदिवासी वट्सुएटेन राष्ट्रका सदस्य हुन् जो हजारौं वर्षदेखि आफ्ना पुर्खाहरूले बसोवास गरेको भूमिमा नै बसिरहेका छन्।
सन् २०१९ मा कोस्टल ग्यासलिंक पाइपलाइन लिमिटेड (सिजिएल्) ले वट्सुएटेन राष्ट्रको पुर्ख्यौली भूक्षेत्रमा वंशानुगत मुखिया र उनीहरूका समुदायको सहमति बिना जीवाश्म इन्धनको पाइपलाइन निर्माण गर्न थाल्यो। उनीहरूले पाइपलाइनको निर्माणमा कहिल्यै सहमति जनाएनन् र उक्त आदिवासी राष्ट्रलाई उनीहरूको भूमिमा गरिने विकास बारे निर्णय गर्ने अधिकार छ।
आफ्नो पुर्खाको भूमि र सबैको स्वच्छ, स्वस्थ र दिगो वातावरणको अधिकारको रक्षा गर्न प्रतिबद्ध स्लेडो’ र अन्य भूमि रक्षकहरूले पाइपलाइन निर्माण रोक्नका लागि विभिन्न गतिविधिहरू गर्न थाले। तर उनीहरूद्वारा भएको शान्तिपूर्ण गतिविधिहरूको प्रतिजवाफमा उनीहरूले धम्की, उत्पीडन र फौजदारीकरणको सामना गरेका छन्।
सन् २०१८ मा ब्रिटिश कोलम्बिया सर्वोच्च अदालत (बिसिएस् सी)ले सिजिएल् लाई पाइपलाइन निर्माणसम्बन्धी कुनै पनि हस्तक्षेपलाई रोकथाम गर्न निषेधाज्ञा प्रदान गर्यो। उक्त निषेधाज्ञालाई प्रहरीले वट्सुएटेनको भूक्षेत्रमा हतियार, हेलिकप्टर र कुकुरहरूको प्रयोग गरिएको चारवटा हिंश्रक छापाहरूमार्फत कार्यान्वयन गर्यो। ७५ जना भन्दा बढी भूमि रक्षकहरूलाई पक्राउ गरिएको छ।
सन् २०२१ नोभेम्बरमा यस्तै एउटा धरपकडको क्रममा स्लेयडो’ सहित अन्य ३० जना रक्षकहरूलाई सँगै पक्राउ गरिएको थियो। आफ्नै पुर्ख्यौली भूक्षेत्रमा रहेको पाइपलाइन निर्माणको क्षेत्र भन्दा टाढै रहनु भनि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गरेको भनी अन्य दुई रक्षकहरू सहित उनलाई “फौजदारी अवहेलना”मा दोषी ठहर गरियो। प्रहरी धरपकडको क्रममा आफ्नो मानवअधिकार उल्लङ्घन भएको भन्दै भूमि रक्षकहरूले बिसिएस् सीमा एउटा निवेदन दिएका छन्। उनीहरूको भविष्य उक्त निवेदन उपरको फैसलामा निर्भर छ। यदि यो निवेदन अपेक्षित सफल भएन भने उनीहरूले जेल सजाय भोग्नुपर्ने हुन्छ।
वट्सुएटेन र अन्य आदिवासी भूमि रक्षकहरूलाई अपराधीकरण गर्ने कार्य बन्द गर्न क्यानडालाई आह्वान गराैँ।
Wetʼsuwetʼen land defenders are being criminally prosecuted just for defending their lands. Now they are fighting for its very survival, and the survival of our planet during a global climate crisis. Sign the petition and help them protect their land.
What’s the problem?
The Indigenous Wet’suwet’en Nation have lived on and cared for their ancestral lands for generations, sustaining their culture and raising their children. As Sleydo ’ Molly Wickham, a Wet’suwet’en land defender says: “Our medicines, our berries, our food, the animals, our water, our culture, are all here since time immemorial”.
This long-standing way of life is under threat. Despite the Nation having the right to decide what development happens on their lands, a company called Coastal GasLink Pipeline Ltd (CGL) began constructing a fossil fuel pipeline through their territory, without the consent of the Hereditary Chiefs and their clans.
Wet’suwet’en land defenders and their allies knew they had to fight back. They began taking actions to protect Wet’suwet’en territory; however, CGL obtained an injunction to prevent interference with pipeline construction. The land defenders’ peaceful actions have been met with appalling violence and criminalization. The police have conducted raids on Wet’suwet’en territory with semi-automatic weapons. Over 75 land defenders have been arrested.
In 2022, criminal charges were pressed against Sleydo’ and 19 other land defenders . In 2024, Sleydo’, Shaylynn Sampson and Corey Jayochee Jocko were found guilty of “criminal contempt” for disobeying the injunction order, despite the fact that they were peacefully defending Wet’suwet’en territory. The three land defenders have made an application to the court stating that their human rights were violated by police during the raids. Their futures depend on the outcome of this application. If unsuccessful, they face time in prison.
Sleydo’ and others are not just defending Wet’suwet’en land, they’re protecting everyone’s right to a healthy environment by opposing another harmful fossil fuel project, and they need our support.
What can you do to help?
Sign the petition and demand that the Canadian authorities stop criminalizing Wet’suwet’en land defenders and their allies now.