From day one, biology students Melike Balkan and Özgür Gür dedicated themselves to defending lesbian, gay, bi-sexual, transgender and intersex (LGBTI+) rights at their university.
As prominent members of the LGBTI+ Solidarity Group at Middle East Technical University (METU) in Ankara, they’ve organised numerous marches, meetings and other events. They’ve engaged with an ever-growing number of students, against a backdrop of increasing homophobia and restrictions on freedom of expression in Turkey.
Founded in 1996, METU LGBTI+ Solidarity Group have organised an annual Pride march on campus since 2011. Over the years, Pride on METU campus grew in size and visibility. However, in 2019, the university’s management told the students the Pride march planned for 10 May could not go ahead on campus.
Undeterred, the Solidarity Group staged a Pride sit-in instead. In response, the university called the police who used excessive force, including tear gas, against the peaceful protestors. Police arrested at least 23 students – including Melike and Özgür – and an academic. Some of those detained hadn’t even taken part in the protest. Despite simply exercising their right to peaceful protest, 18 students and the academic are on trial.
If found guilty, they face up to three years in prison.
Tell Turkey they must be acquitted of all charges.
Demand Student Pride Defenders are acquitted
मेटू रक्षकहरू, टर्की
यौनिक अल्पसंख्यकहरूको अधिकारको रक्षा गरेबापत जेल सजाय हुनसक्ने
विश्वविद्यालयको प्रारम्भका दिनदेखि नै जीव विज्ञानका विद्यार्थी मेलिक बालकन र ओज्गुर गुरले आफ्नो जीवन यौनिक अल्पसंख्यक (LGBTI+) समुदायको अधिकारका लागि समर्पित गर्दै आएका छन् ।
टर्कीको राजधानी अङ्कारास्थित मिडल इस्ट प्राविधिक विश्वविद्यालय (मेटू) का LGBTI+ ऐक्यबद्धता समूहका महत्त्वपूर्ण सदस्यको रूपमा उनीहरूले धेरै जुलुस, बैठक र अन्य कार्यक्रमहरू आयोजना गरेका छन् । टर्कीमा देखिएको बढ्दो मानवभय र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धको पृष्ठभूमिमा समेत उनीहरूले धेरै भन्दा धेरै विद्यार्थीहरूलाई यस अभियानमा सहभागी बनाएका छन् ।
सन् १९९६ मा स्थापना भएको मेटू LGBTI+ ऐक्यबद्धता समूहले सन् २०११ देखि हरेक वर्ष क्याम्पसमा एउटा प्राइड मार्च आयोजना गर्दै आइरहेका छन् । समयसँगै कार्यक्रमका बारे धेरै मानिसहरूलाई थाहा हुनथाल्यो र वर्षै पिछे यसको आकार पनि बढ्दै गयो । तर सन् २०१९ मा विश्वविद्यालको व्यवस्थापनले १० मेको लागि योजना गरिएको प्राइड मार्च क्याम्पसमा हुन नसक्ने भनेर विद्यार्थीहरूलाई जानकारी गरायो ।
तर यसबाट हतोत्साहित नभई ऐक्यबद्धता समूहले प्राइड धर्ना आयोजना गर्यो । जवाफमा विश्वविद्यालयले प्रहरीलाई बोलायो र प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीमाथि अश्रु ग्याँसलगायत अत्यधिक बलको प्रयोग गर्यो । प्रहरीले मेलिक र ओज्गुर समेत गरेर २३ विद्यार्थी र एकजना प्राज्ञलाई पक्राउ गरे । पक्राउ गरिएका मध्ये केहीले त प्रदर्शनमा भाग लिएका पनि थिएनन् । केबल आफ्नो शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारलाई अभ्यास गरेकै कारण १८ विद्यार्थी र एक शिक्षक अहिले कानुनी दायरामा परेका छन् ।
यदि दोषी ठहरिएमा उनीहरूलाई तीन वर्षसम्मको जेल सजाय हुनसक्दछ ।
उनीहरूमाथि लगाइएको अभियोगबाट उनीहरूलाई मुक्त गराउन टर्कीका न्याय मन्त्रीलाई आहवान गरौँ ।