© Amnesty International

Demand freedom for Manahel

मानाहेल अल ओतैबी – साउदी अरेबिया
महिलाअधिकारको समर्थन गरेकोमा ११ वर्ष जेल सजाय

हालैका वर्षहरूमा साउदी अरेबियाका अधिकारीहरूले साउदी अधिराज्यमा महिलाअधिकारलाई अगाडि बढाइरहेको दाबी गरेका छन्। तीस वर्षीया मानाहेल अल-ओतैबीले यी वाचाहरूमा विश्वास गरिन् र आफ्नो विचार व्यक्त गर्न तथा आफूलाई मनपरेको लुगा लगाउन स्वतन्त्र महसुस गरिन्। तर अहिले उनले एक दशक भन्दा बढीको जेल सजायलाई सामना गर्दै छिन् र यी वाचाहरू पूर्णतया खोक्रा छन्।

आफ्नो गिरफ्तारी अघि मानाहेल एक फिटनेस प्रशिक्षक र महिलाअधिकारका लागि एक साहसी र इमान्दार अभियन्ता थिइन्। आफ्नो देशका महिलाको बृहत्तर स्वतन्त्रताको लागि उनी सामाजिक सञ्जालमार्फत आह्वान गर्ने गर्दथिन्। मानाहेललाई सन् २०२२ को नोभेम्बर १६ मा गिरफ्तार गरिएको थियो। र उनलाई महिलाअधिकारको समर्थनमा गरेका ट्वीट र परम्परागत खुकुलो र लामो बाहुलावाला पोशाक अबाया नलगाई शपिङ मलमा खिचिएका तस्बिरहरू स्न्यापच्याटमा पोस्ट गरेको कारण साइबर अपराध विरोधी कानुनको उल्लङ्घन गरेको आरोप लगाइएको थियो।

उनको मुद्दालाई देशको आतंकवाद नियन्त्रणसम्बन्धी अदालत विशेष फौजदारी अदालतमा पठाइएको थियो। यो अदालत अन्यायपूर्ण सुनुवाइ र कठोर सजायका लागि बदनाम छ। मानाहेललाई सन् २०२४ जनवरी ९ मा उनको अनलाइन अभिव्यक्तिका लागि “आतंककारी कसुर” को आरोपमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।उक्त निर्णय गोप्य सुनुवाइमा भएको थियो जसको निर्णय हप्ताौँपछि मात्रै खुलासा गरियो।

मानाहेलले सन् २०२३ नोभेम्बरमा एक कैदी साथीले उनलाई कुटपिट गरेको आफ्नो परिवारलाई सुनाएकी थिइन जसको परिणामस्वरूप उनलाई बाहिरी संसारबाट सम्पर्कविहीन बनाइयो र उनी कसैसँग पनि सम्पर्क गर्न असमर्थ भइन्। सन् २०२४ अप्रिलमा महिनौँपछि पहिलो पटक मानाहेलले आफ्नो परिवारलाई फोन सम्पर्क गरेकी थिइन।त्यस सम्पर्कमा उनको आवाज दु:खी र मलिन सुनिएको थियो र उनलाई एकान्त कारावासमा राखिएको, फेरि निर्ममतापूर्वक कुटपिट गरिएको कारण उनको एउटा खुट्टा भाँचिएको र कुनै औषधोपचार नगरिएको बताएकी थिइन्।

मानाहेल अल ओतैबीलाई रिहा गर्न साउदी अरेबियालाई आह्वान गरौँ।


Manahel al-Otaibi is serving an 11-year prison sentence in Saudi Arabia. A brave defender of women’s rights, a “terrorism” court gave her an incredibly harsh punishment merely for promoting women’s rights and expressing herself on social media. Sign the petition and demand the Saudi Arabian authorities free her immediately.

What’s the problem?

Manahel finds strength and resilience in exercise, so much so that she became a fitness instructor herself. She is also an outspoken advocate for women’s rights. In recent years, Saudi Arabia’s authorities have made big claims about advancing women’s rights, and at first Manahel believed them. But in 2022, her world, and these hollow promises, came crashing down.

Manahel wrote tweets supporting women’s rights. She also posted pictures of herself enjoying a day at a shopping mall. In the pictures, she is not wearing the abaya, a traditional robe, and these things alone were enough for the authorities to target her.

Manahel was arrested and charged with violating Saudi Arabia’s Anti-Cyber Crime Law. Her case was referred to the counter-terrorism court, notorious for grossly unfair trials and draconian punishments. In January 2024, Manahel was sentenced to 11 years in prison in a secret hearing.

This harsh sentence, simply for sharing tweets and pictures of herself, has left Manahel deeply distressed. She has told her family she was beaten by another prisoner and then placed in solitary confinement. For months on end, she was forbidden from even communicating with her loved ones. Her family believes she may even have a broken leg for which she did not receive treatment, a debilitating injury that has only added to her misery.

Her family and friends are very worried. Help them fight for Manahel and demand her immediate and unconditional release.

What can you do to help?

Sign the petition and demand that Manahel is immediately and unconditionally released, and all charges against her are dropped.