© Mahmud HAMS / AFP

प्यालेस्टिनी नागरिकहरूको पीडा अन्त्य गर्न सबै पक्षबीच युद्धविरामको माग गरौँ

इजरायल र हमाससहित अन्य सशस्त्र समूहहरू बीचको द्वन्द्वको अत्यधिक वृद्धिले नागरिकहरूको जीवनमा अत्यन्त प्रभाव पारेको छ। हताहतीको अभूतपूर्व तहमा पुगेको छ र अनगिन्ती जीवनहरू छिन्न-भिन्न र अन्त्य भएका छन्।

प्रत्येक दिन बित्दै जाँदा थप जीवन गुमिरहेको छ र गाजामा मानवीय संकट झन् झन् खराब हुँदैछ। नागरिकको रक्तपात अन्त्य गर्न र गाजामा मानवीय सहायताको पहुँच सुनिश्चित गर्नका लागि सबै पक्षबीच तत्काल युद्धविरामको आह्वान गर्न हाम्रो पेटिसनमा हस्ताक्षर गर्नुहोस्।

समस्या के हो?

हमास र अन्य सशस्त्र समूहहरूले इजरायलमा गरेको भयानक हमलाको जवाफमा इजरायलले गरेको लगातारको बमबारीका बीच गाजामा नागरिकको मृत्यु आश्चर्यजनक दरमा बढिरहेको छ। इजरायलमा १,४०० मानिसहरूले ज्यान गुमाएका छन्  र सयौँ नागरिकहरूको अपहरण भएको छ। गाजामा १०,००० भन्दा बढी व्यक्तिहरू मुख्यत नागरिकहरू असंवेदनशील र अन्य गैरकानूनी आक्रमणहरूबाट मारिएका छन्। गाजामा मारिनेमा एक तिहाइभन्दा बढी बालबालिका छन् र अनगिन्ती शवहरू अझै पनि भग्नावशेषमुनि फसेका छन्। लाखौंले थप विस्थापन, बेदखली र पीडाको सामना गरेका छन्।

हमास र अन्य सशस्त्र समूहद्वारा गाजामा बन्धक बनाइएका  कम्तिमा २०० इजरायलीहरू जोखिममा छन् र इजरायलमा जारी रहेको असंवेदनशील तवरको रकेट आक्रमणले नागरिकलाई जोखिममा पारेको छ ।

इजरायलले गाजामा गरेको कडा घेराबन्दीले पानी, खाद्यान्न र इन्धन लगायतका सामानको प्रवेशमा रोक लगाएको छ जसले गर्दा गाजा स्ट्रिपका २० लाख भन्दा बढी मानिसहरू बाँच्नको लागि संघर्ष गरिरहेका छन्। द्वन्द्व तुरुन्तै नरोकिए कब्जा गरिएको गाजा पट्टीमा इजरायलको १६ वर्ष लामो गैरकानुनी नाकाबन्दीबाट उत्पन्न मानवीय प्रकोप अझै खराब हुनेछ।

सबै द्वन्द्वरत पक्षहरूबाट युद्ध अपराध सहित मानवीय कानुनको गम्भीर उल्लंघनहरू भइरहेको छ।

यस्तो असीम विनाश र पीडाको परिस्थितिमा  मानवता प्रबल हुनुपर्छ।

युद्धविरामले सबै पक्षहरूद्वारा भएका अवैध आक्रमणलाई रोक्नेछ। गाजामा बढ्दो मृत्युलाई  रोक्नेछ। सहायता निकायहरूलाई मानवीय पीडाको आश्चर्यजनक स्तरलाई संबोधन गर्न र गाजामा जीवन बचाउने सहयोगी सहायता सामग्री जस्तै पानी र चिकित्साजन्य आपूर्तिहरू प्राप्त गर्न सक्षम पार्नेछ। यसले अस्पतालहरूलाई जीवनरक्षक औषधि, इन्धन र अत्यावश्यक उपकरणहरू प्राप्त गर्न र क्षतिग्रस्त वार्डहरूको मर्मत गर्ने अवसर पनि मिल्नेछ।

युद्धविरामले गाजामा थुनिएका बन्धकहरूको रिहाइको लागि वार्ता गर्न र लामो समयदेखिको दण्डहीनता – जसले गर्दा त्याचारको निरन्तरता भइरहेको छ – को अन्त्य गर्नका लागि सबै पक्षहरूद्वारा गरिएका युद्ध अपराधहरूको स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानको लागि अवसर पनि दिनेछ। प्यालेस्टाइनीहरूमाथि थोपरिएको इजरायली रंगभेदको प्रणालीलाई ध्वस्त पार्नु र यस द्वन्द्वको मुख्य कारण संबोधन गर्नु अहिले पहिलेभन्दा अझ बढी जरूरी भएको छ।

तपाईंले यसमा सहयोग गर्न के गर्न सक्नुहुन्छ?

हाम्रो पेटिसनमा हस्ताक्षर गर्न सक्नुहुनेछ र द्वन्द्वरत सबै पक्षहरूलाई तत्काल युद्धविराम गर्न र गाजामा जारी मानवीय सङ्कटको अन्त्यका लागि दबाब दिन विश्वका नेताहरूलाई आग्रह गर्नुहोस्।


Demand a ceasefire by all parties to end civilian suffering

The unparalleled escalation of the conflict between Israel and Hamas and other armed groups has taken a devastating toll on civilians. The level of casualties is unprecedented. Countless lives have been shattered, ripped apart, and upended. 

With each day that passes more lives are lost and the humanitarian catastrophe in Gaza is getting worse. Sign our petition to call for an immediate ceasefire by all parties to end civilian bloodshed and ensure humanitarian aid access to Gaza. 

What is the problem?

Civilian deaths in Gaza continue to rise at a staggering rate amid relentless Israeli bombardment, in response to the horrific attacks in Israel by Hamas and other armed groups that resulted in 1,400 people killed and the abduction of civilians. More than 10,000 people, mostly civilians, have been killed in Gaza including through indiscriminate and other unlawful attacks. More than a third of casualties in Gaza are children and countless bodies are still trapped beneath the rubble. Millions more face further displacement, dispossession and suffering. 

At least 200 Israeli hostages taken by Hamas and other armed groups and held in Gaza remain in danger, and ongoing indiscriminate rocket fire into Israel places civilians at risk. 

Israel’s tightened siege of Gaza has blocked the entry of goods, including water, food and fuel leaving more than 2 million people in the Gaza Strip struggling to survive. The humanitarian catastrophe stemming from Israel’s 16-year-long illegal blockade on the occupied Gaza Strip will only get worse if the fighting doesn’t stop immediately. 

Serious violations of international humanitarian law, including war crimes, by all parties to the conflict continue unabated. 

In the face of such unfettered devastation and suffering, humanity must prevail. 

A ceasefire would put a stop to unlawful attacks by all parties, halt the mounting death toll in Gaza and enable aid agencies to get life-saving aid, water and medical supplies into the Strip to address the staggering levels of human suffering. It will also allow hospitals to receive life-saving medicines, fuel and equipment they desperately need and to repair damaged wards. 

A ceasefire would also provide opportunities to negotiate the release of hostages detained in Gaza and for independent international investigations to take place into the war crimes committed by all parties in order to end long-standing impunity, which will continue to breed further atrocities. Tackling the root causes of this conflict, by dismantling Israel’s system of apartheid imposed on Palestinians is now more urgent than ever.

What can you do to help?

Sign our petition and urge world leaders to call for an immediate ceasefire by all parties and put an end to the ongoing humanitarian catastrophe in Gaza.