© Amnesty International

Defend Şebnem against intimidation and harassment

शेबनेम कोरुर फिन्चान्ची – टर्की
मानवअधिकारको रक्षा गर्दा दोषी ठहरिएकी

आफ्नो घरमा प्राध्यापक शेबनेम कोरुर फिन्चान्चीलाई आफ्ना बिरालोहरू सिमोन र उलुलासँग समय बिताउन, खाना पकाउन र संगीत सुन्न मन पर्छ। बिथोभेन उनको सबैभन्दा मनपर्ने संगीतकार हुन्।

विश्वका लागि शेबनेम विधिविज्ञान चिकित्सा (फोरेन्सिक) विज्ञ हुन् र यातना उन्मूलनको कामका लागि उनी प्रख्यात छिन्। उनले यातनाको छानबिनसम्बन्धी संयुक्त राष्ट्रसंघीय आलेख (प्रोटोकल) र विश्व स्वास्थ्य संगठनको लागि यौन हिंसासम्बन्धी हाते पुस्तक तयार पार्नका लागि योगदान पुर्याएकी छन्। सन् २०२४ को जुनसम्म उनी टर्किश मेडिकल संघकी प्रमुख थिइन्। शेबनेमले टर्कीका जनताको अभिव्यक्ति स्वतन्त्रता लगायतका मानवअधिकारको संरक्षणका लागि निरन्तर सङ्घर्ष गरेकी छन्।

उनलाई चुप लगाउन र उनको महत्त्वपूर्ण कार्य रोक्नका लागि वर्षौंदेखि टर्कीका अधिकारीहरूले शेबनेमलाई आधारहीन फौजदारी अनुसन्धानमा राख्दै, हिरासतमा लिने र अभियोजन गर्ने गरेका छन्। सन् २०२३ को जनवरीमा शेबनेमले टर्किश सेनाले इराकमा रासायनिक हतियार प्रयोग गरेको भन्दै छानबिनको माग गरेपछि “आतंकवादी संगठनको प्रचार गरेको” अभियोगमा दोषी ठहर गरिएको थियो। शेबनेमले आफूलाई लगाइएको अभियोग विरुद्ध पुनरावेदन गरेकी छिन्। तर यदि पुनरावेदन असफल भएमा उनी लगभग दुई वर्षका लागि जेल पर्न सक्छिन्।

टर्कीको सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि दमन गर्दै छ र शेबनेम जस्ता मानवअधिकार रक्षकहरूको काममा रोक लगाइरहेको छ। तर शेबनेम उनले सामना गर्नु परेको दबाबसँग हार मान्न तयार छैनन्। आफूले सामना गरेको हैरानीबाट अलिकति पनि अविचलित उनी भन्छिन्, “आजसम्म मैले कुनै पनि सत्तासामु झुक्ने बानी कहिल्यै बनाएको छैन।”

टर्कीका अधिकारीहरूलाई शेबनेममाथि उनीहरूले गरेको हैरानी बन्द गर्न आह्वान गरौँ।


Şebnem has helped thousands in her home country of Türkiye and around the world by advocating for the eradication of torture. Now she needs your help to defend herself against the relentless hostility of the Turkish authorities. She won’t be silenced in her fight for human rights.

What’s the problem?

At home, Professor Şebnem Korur Fincancı is a cat-loving classical music fan who enjoys cooking and listening to Beethoven. But to the world, she is a globally recognized forensic medicine expert, known for her work to eradicate torture. A tireless campaigner against the use of torture, Şebnem has always fought to protect human rights.

During her distinguished career as a forensic medical expert, Şebnem has worked with the UN and the World Health Organization, and closer to home she was the head of the Turkish Medical Association. But in recent years, the Turkish authorities relentlessly targeted her. 

For years Şebnem was relentlessly harassed, and subjected to baseless criminal investigations, detention, and charges by the Turkish authorities. After calling for an investigation into allegations that the Turkish military was using chemical weapons in Iraq, she was convicted in January 2023 for allegedly “making propaganda for a terrorist organization ”. She is appealing the charge, but she could face a prison sentence if her conviction is upheld, simply for expressing her concerns as an expert.

The Turkish government is relentlessly clamping down on freedom of expression, restricting the crucial human rights work of people like Şebnem. But she will not be discouraged. She has always refused to give in, and as she says, she has never “had the habit of bowing to any authority to this day ”.

What can you do to help?

Sign the petition and tell the Turkish authorities to stop harassing Şebnem now.