उनी प्रजातन्त्रका लागि उभिए। अहिले थुनामा छन्।

Write For Rights
आवेन चाउ | हङकङ 

साथीहरूका अनुसार साहसिक र दार्शनिक स्वभावका आवेन चाउले नर्सिङ अध्ययन गरे। साथै उनी एक तिब्बती बौद्ध धर्मावलम्बी हुन् जसले सधैँ एउटा कुकुर पाल्ने इच्छा राखे।

१५ वर्षको उमेरमा आवेनले प्रजातन्त्रको समर्थनमा निकालिएको पदयात्रामा आफ्नो पहिलो सहभागिता जनाए। विपन्नहरूको सेवा गर्ने र एउटा न्यायपूर्ण समाज निर्माण गर्ने आशाकासाथ उनी सार्वजनिक जीवनमा प्रवेश गरे। तर हङकङमा आवाज उठाउन जोखिमपूर्ण बन्दै गएको छ।

सन् २०२० मा बेइजिङले हङकङमा कठोर राष्ट्रिय सुरक्षा कानुन लागू गर्‍यो। परिणामस्वरूप हङकङमा राजनीतिक विपक्षीमाथि दमन गरियो, स्वतन्त्र सञ्चारमाध्यमलाई मौन पारियो र नागरिक संघसंस्थाहरू बन्द गरिए।

जोखिमका बाबजुद २३ वर्षको उमेरमा आवेनले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने उद्देश्यले आयोजित अनौपचारिक “प्राइमरी” निर्वाचनमा निर्भीकतापूर्वक उम्मेदवारी दिए। त्यसको जवाफमा, अधिकारीहरूले आवेनसहित अन्य ४६ जनामाथि राज्यसत्ता उल्ट्याउने षड्यन्त्र गरेको आरोप लगाए।

सन् २०२१ मा आवेनलाई पक्राउ गरियो र सन् २०२४ सम्ममा उनलाई १२ वर्षभन्दा बढीको कारावास सजाय सुनाइयो। उनी सायद सन् २०३२ सम्म रिहा नहुन सक्छन् र उनले हालसम्म कम्तिमा तीन वर्ष एकान्त कारावासमा बिताइसकेका छन्।

आवेनको कथा हङकङमा रहेका यस्ता धेरै कथामध्ये एक हो। कुनै समय खुल्ला बहसका लागि परिचित शहर अहिले भयको चपेटामा परेको छ। पहिले आफ्नो विचार व्यक्त गर्ने अधिकारलाई सामान्य  रूपमा अभ्यास गर्ने मानिसहरू अहिले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई अभ्यास गर्न स्वतन्त्र महसुस गर्दैनन्।

आवेन चाउलाई तत्काल र बिनाशर्त रिहा गर्न हङकङका अधिकारीहरूलाई आह्वान गरौँ।

Sign This Petition

0 signatures