गत अगस्ट महिनामा मात्र दुई हप्ता भन्दा कम अवधिमा ३,७०,००० रोहिंग्याहरू म्यान्मारबाट भाग्न बाध्य भएका छन् ।
एम्नेस्टी इन्टरनेसनलले समीक्षा गरेको पछिल्लो भूउपग्रहको तस्वीर अनुसार म्यान्मारमा अल्पङ्ंख्यक रोहिंग्याहरूको जातीय सफाया भइरहेकोे छ । गत अगस्ट महिनामा मात्र दुई हप्ता भन्दा कम अवधिमा ३,७०,००० रोहिंग्याहरू म्यान्मारबाट भाग्न बाध्य भएका छन् र सुरक्षाको आशमा बंगलादेशको कठिन यात्रा गरिरहेका छन् । रोहिंग्याविरुद्ध भैरहेको हिंसा र मानवअधिकार दुव्र्यवहारका सुनियोजित अभियानहरू अविलम्ब अन्त्य गर्न र रखाइन प्रान्तमा मानवीय सहायताकर्ताहरू, संयुक्त राष्ट्रसंघ, स्वतन्त्र पत्रकारहरू र मानवअधिकार अनुगमनकर्ताहरूलाई स्वतन्त्र र बिना बाधा पहुँच दिन एम्नेस्टीले माग गर्दै आएको छ ।
नेपालमा पनि एम्नेस्टी इन्टरनेसनल नेपालले काठमाडौँस्थित म्यान्मार राजदूतावासमा रोहिंग्या विरुद्ध भइरहेको हिंसा र मानव अधिकार दुव्र्यवहार अविलम्ब अन्त्य गर्न चिट्ठी बुझाएको छ र अनलाइन पेटिशनहरू शुरू गरेको छ । तर समस्या अझै चुलिदै गएको छ र छिट्टै समाधान हुने जस्तो देखिदैन । यस कारण एम्नेस्टी नेपालले थप दबाब दिनका लागि असोज ४, २०७४ मा नेपालस्थित म्यान्मार दूतावास नजिक शान्तिपूर्ण प्रदर्शन गरेको छ ।