एम्नेस्टी इन्टरनेसनल नेपालकोतर्फबाट अधक्ष राजन कुइकेल, निर्देशक निराजन थपलिया, र अभियान अफिसर अस्मिता सापकोटाले कार्यशालाको दौरानमा प्रशिक्षणमुलक प्रस्तुति गरेका थिए भने यसै कार्यशालामा एम्नेस्टी नेपालको आगामी’क्यारभ्यान’ अभियानबारे विस्तृत छलफल गरि तयारि भएको थियो ।
कार्याशालाको पहिलो दिन नै कार्यक्रमपछि सबै सहभागीहरु द्वारा संचालन गरिएको हस्ताक्षर संकलनमा सर्वसाधारणको उत्साहित सहभागिता रहेको र ५०० हस्ताक्षर संकलन भएको थियो । एम्नेस्टी इन्टरनेसनल टर्कीका अध्यक्ष टेनर किलिक र निर्देशक इदिल एसरको तत्काल निशर्त रिहाईको माग गर्दै आयोजना गरिएको हस्ताक्षर संकलन काठमाण्डौ र इटहरीमा गरिएकोपछिको यो तेस्रो हो । यसलाई थप निरन्तरता दिई संकलित हस्ताक्षर सबै टर्की सरकारलाई पठाइनेछ ।