एम्नेस्टी अभियानका एकजना योद्धा एम्नेस्टी टर्कीका पूर्व अध्यक्ष – जसलाई यही महिना सम्पन्न एम्नेस्टी टर्कीको साधारण सभाले मानार्थ अध्यक्षको रूपमा पनि सम्मान गर्यो – हिरासतमा रहनुभएको यही एप्रिल ५ मा ३०० दिन पुगेको छ । मानवअधिकारको नारा घन्काएको आरोपमा अनाहकमा ३०० दिन सम्म – र अझै कति दिन हो – परिवार, साथीभाइ र समाजबाट अलग्गिएर बन्दी जीवन यापन गर्नु सानो पीडा होइन । संसारका विभिन्न ठाउँहरूमा अप्रिल ५ को दिन मानव अधिकार रक्षक किलिकको बिनाशर्त यथाशिघ्र रिहाईको माग गर्दै प्रदर्शन गरिएकोमा एम्नेस्टी नेपालका अभियन्ताहरूले काठमान्डूको बसन्तपुरमा प्रदर्शन गरेका थिए ।