एम्नेस्टी इन्टरनेसनल नेपालले गृह मन्त्रालयलाई २३,२४७ पत्रहरू बुझायो

काठमाडौँ, चैत्र ७ 

एम्नेस्टी इन्टरनेसनल नेपालले महिला हिंसा अन्त्यका लागि ठोस उपायहरूको माग राख्दै आज चैत्र ७ गते २३,२४७ पत्रहरू गृह मन्त्रालयलाई ‍बुझाएको छ । ती पत्रहरू एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूले एम्नेस्टी इन्टरनेसनलको सन् २०१८ को २९ नोभेम्बर देखि २० डिसेम्बरसम्म चलेको विश्वव्यापी पत्र लेखन कार्यक्रम ‘राइट फर राइट्स‘ (Write for Rights)अभियानका क्रममा सङ्कलन गरिएका थिए । 

यी पत्रहरूमा अहिलेको स्थायी सरकार सहितको परिवर्तित राजनीतिक सन्दर्भमा समेत नेपालमा बढ्दो महिला हिंसा र गहिरिँदै गइरहेको दण्डहीनताको डरलाग्दो अवस्थाप्रति गृह मन्त्रीको ध्यानाकर्षण गराइएको छ । यी पत्रहरूमा गृहमन्त्रीलाई महिलाविरुद्ध हुने सबै खाले हिंसा अन्त्यका लागि शीघ्र प्रभावकारी कदमहरू चाल्न, पीडकहरूलाई कानूनी कारबाही गर्न र बलात्कारको घटनामा उजुरी गर्ने हालका एक वर्षे हदम्यादको प्रावधान हटाई कुनै पनि हदम्याद नराख्ने दिशामा कानून संशोधनको प्रकृया अघि बढाउन पनि आह्वान गरिएको छ ।

एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियासहितको एक प्रतिनिधिमण्डलले गृहमन्त्रीका सल्लाहकार/विज्ञ सूर्य प्रकाश सुबेदीलाई उक्त पत्रहरू बुझाएको थियो । 

राइट फर राइट्स(Write for Rights) का बारे:

हरेक वर्ष नोभेम्बर-डिसेम्बर महिनामा एम्नेस्टीइन्टरनेसनललेराइट फर राइट्स(Write for Rights)अभियान सञ्चालन गर्दछ । यसअभियानका क्रममाएम्नेस्टीले विश्वव्यापीरूपमाआफ्ना समर्थकर सदस्यहहरूलाई  अन्यायविरुद्ध आवाज उठाउँने साहसगर्दा आफ्नो अधिकारकोहनन्भएर प्रताडित भएकाव्यक्तिहरूलाई ऐक्यबद्धताको सन्देश पठाउँन अनुरोध गर्दछ । यस्तासाहसी व्यक्तिहरूको पक्षमा राज्य अधिकारीहरूलाईपत्र लेख्न पनि समर्थक र सदस्यहरूलाई आह्वान गरिन्छ ।

यस वर्षकोविश्वव्यापी पत्रलेखन (Write for Rights 2018)अभियानका क्रममा एम्नेस्टी इन्टरनेसनल नेपालले विश्वका विभिन्न भागका ६ जना महिला मानवअधिकार रक्षकहरका लागि अभियान सञ्चालन गर्यो ।  एम्नेस्टी इन्टरनेसनल नेपालका सदस्य तथा समर्थकहरूद्वारा ब्राजिलकी मारिएल फ्रान्को,भारतकी पवित्री माझी,इरानकी अटेना डेमी,किर्गिस्तानकी गुल्जार दुइश्नोभा,युक्रेनकी भितालिना कोभल,र दक्षिण अफ्रिकाकी नोन्हले मुठूमाजस्ता महिला मानवअधिकार रक्षकहरूका पक्षमा सङ्कलन गरिएका कुल १,५२,९६७ वटा पत्रहरू सम्बन्धित देशका अधिकारीहरूलाई पठाइने छ।