समाजमा बढ्दो महिला हिंसा र दण्डहीनतालाई अन्त्य गर्न आह्वान गरौँ

हामीले आजकाल महिला हिंसासम्बन्धी घटनाका बारेमा नसुनेको सायदै कुनै दिन होला । हाम्रो समाज, परिवार, टोल र छिमेकका आफ्नै सदस्यहरू — दिदी, बहिनी, छोरी, नातिनी, भतिजी, भान्जी, साथी — माथि दिनदाहडै हरेक दिन भइरहेका अमानवीय घटनाहरूले हामी सबलाई पोल्नु र दुख्नु पर्ने हो । तर हामी सबै — हाम्रो समाज र राज्य व्यवस्थासमेत — अझै किंकर्तव्य विमूढ झैँ रही रहेको आभास हुन्छ । यस्तो हुनुमा सायद हाम्रो समाजको पुरातन चिन्तन् र पितृसत्तात्मक चरित्र तथा सो परिवेशको मलजल र त्यही परिवेशमा भएको हाम्रो हुर्काइबढाइ नै एउटा मुख्य कारण पनि हुन सक्दछ ।   

शिक्षित र आधुनिक हुँदै गएको आजको खुला परिवेशमा समेत घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, बलात्कार पछिको हत्या, बालविवाह, बहुविवाह, इच्छाविरुद्धको विवाह, जातीय भेदभावबाट हुने उत्पीडन, चेलीबेटी बेचबिखन, सामाजिक कुप्रथाहरूका आडमा हुने र गरिने प्रताडना, बोक्सीजन्य आरोपमा हुने दुव्र्यवहार, तेजाब आक्रमण जस्ता हिंस्रक घटनाहरू भएका समाचारहरू हामीले देखी, सुनी, भोगी रहेका छौँ ।

हालसालैका एकाध दृष्टान्तहरूले मात्रै पनि हाम्रो मन मथिङ्गल आक्रान्त भएको हुनु पर्ने हो । तर हामीले यस्ता हरेक घटनाहरूलाई कतै समाचारको रूपमा मात्रै त लिइरहेका छैनौँ ? २०७४ साल माघमा ललितपुरमा यामकुमारीमाथि भएको साङ्घातिक आक्रमण होस् या २०७४ श्रावण १० गते कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तमाथि भएको नृशंस घटना होस् नेपालमा यस्ता हिंसा पीडितहरूले न्याय पाउने अवस्था झन चुनौतीपूर्ण बन्दै गइरहेको देखिएको छ । अहिले हालसालै कात्तिक २६ गते उदयपुरमा १३ वर्षीया एल्जिना खड्काको मृत शव भेटिएको छ । बाख्रा चराउन गएको अवस्थामा उनलाई बलात्कारपछि हत्या गरिएको तथ्यहरू सार्वजनिक भएका छन् । कात्तिक महिनामै सिरहाको लहानमा जन्म दिनको पार्टीमा बोलाइएकी १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको समाचार आएको छ ।

२०७५ सालको कात्तिक महिनामा मात्र जुम्लामा चार महिला बलात्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको अनुसार उनीहरू एकल तथा सामूहिक रूपमा बलात्कृत भएका थिए । प्रहरी प्रधान कार्यालयको अनुसार यस वर्षको श्रावणदेखि असोजसम्म ९३ दिनमा ६०१ वटा बलात्कारका उजुरी दर्ता भएका छन् । आफ्नै छोरीदेखि अपाङ्ग र वृद्ध महिलासम्म बलात्कारको शिकार भएका छन् ।

प्रेम प्रस्ताव अस्वीकार गरेको निहुँमा रौतहटकी दिदी–बहिनी सम्झना कुमारी दास र १५–वर्षिया सुष्मिता कुमारी दासमाथि ५० वर्षे छिमेकीले भाद्र २७ मा तेजाब आक्रमण गरेका थिए । यसको दुई हप्तापछि सम्झनाको उपचारकै क्रममा मृत्यु भएको थियो । उनकी बहिनी सुष्मिताको जिऊको दायाँ भागमा पोलेको गहिरो घाऊ छ र अहिले उनी गम्भीर मानसिक तनावमा गुज्रिरहेकी छिन् । द्यगचल ख्ष्यभिलअभ क्गचखष्खयचक ( ल्भउब िको अनुसार नेपालमा सन् २०१० देखि अहिलेसम्म २६ वटा तेजाब आक्रमणका घटनाहरू रेकर्डमा आएका छन् ।

यसरी हिंसामा परेका पीडित र तिनका परिवारले न्याय प्राप्त गर्ने बाटो पनि हामी कहाँ सहज र स्पष्ट छैन । कैयौँ बलात्कार जस्तो जघन्य अपराधमा समेत समाजका बुजु्रकहरूले मेलमिलाप र सहमतिमा घटना सामसुम पार्ने प्रवृत्ति बढ्दो छ । प्रहरीले जाहेरी दर्खास्त पनि सजिलै कहाँ लिन मान्छ र ? त्यसमाथि बलात्कारको घटनामा उजुरी गर्ने समय सीमा समेत तोकिएको छ । हुन त पहिलाको ३५ दिने म्यादलाई बढाएर अहिले एक वर्ष बनाइएको छ । तर पनि बलात्कार जस्तो हिंसामा हदम्यादै राखिनु नपर्ने हो ताकी बाल्यकालमा आफूमाथि भएको हिंसाका विरुद्ध पीडितले आफू ठूलो र बुझ्ने भएपछि उजुरी हाल्ने चाहना र आँट गरेमा सो गर्न सक्ने थिए । यस्तो प्रावधानले अपराध न्यूनीकरणमा पनि योगदान पुग्ने थियो ।

तसर्थ, आउनुहोस् हामी सबै मिलि हाम्रो सोच र संस्कार बदलौँ र हाम्रो समाजमा महिलामाथि हुने सबै खाले हिंसा उन्मुलनका लागि एकजुट भएर लागौँ । साथै यस्ता हिंसाका सबै पीडितहरूलाई शीघ्र न्याय प्रदान गर्न तथा जवाफदेहीता स्थापित गर्न तथा न्याय प्राप्तिको मार्गमा भएका सबै खाले चुनौतीहरू संबोधन गर्न तथा बलात्कार जस्तो जघन्य अपराधमा उजुरीका लागि कुनै पनि हदम्याद नराख्न आह्वान गर्दै नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखौँ ।

महिलामाथि हुने सबै खाले हिंसा निर्मुल पार्न र बलात्कारको घटना उजुरी गर्ने विद्यमान एक वर्षे हदम्यादको व्यवस्था हटाई कुनै हदम्याद नराख्ने प्रावधानको व्यवस्था गर्न माग गरौँ ।

गृहमन्त्री रामबहादुर थापालाई पत्र लेखौँ । 

मन्त्री थापालाई हाम्रो समाजमा हुने र भइरहेका सबै खाले महिला हिँसासम्बन्धी घटनाहरूको समूल निर्मूलीकरणका लागि प्रभावकारी कानुनी संयन्त्र, नीति र कार्यक्रमका साथ अघि बढ्न र पीडितहरूलाई न्याय प्राप्तिका लागि सहज वातावरण बनाई पीडकहरूलाई कानुनी दायरामा ल्याई दण्डहीनताको संस्कृति मौलाउन नदिन प्रभावकारी कदम चाल्न दबाब दिनुहोस् । 

माननीय श्री रामबहादुर थापा
गृह मन्त्री, गृह मन्त्रालय
सिंहदरबार, काठमाडौं,नेपाल
 

Protect environmental defender Jani Silva

President of the Republic of Colombia
Mr Iván Duque
Palacio de Nariño
Carrera 8 No.7-26
Bogotá, Colombia

Dear Mr President

Jani Silva has been standing alongside the campesino farmers in the Putumayo region for decades. She has dedicated her life to defending the environment and natural resources.

However, Jani’s work has put her in danger. She has been followed, intimidated by unknown people with guns and threatened with death.

As protectors of resources that the world depends on for its survival, Jani and the campesino farmers she stands with should be defended.

I call on you to protect Jani and all members of ADISPA, an organisation she founded along with her colleagues to preserve the peasant Amazon Pearl Reserve Zone. In doing so, you will be safeguarding not just them, but a whole ecosystem powering the planet.

Yours sincerely

%%your signature%%

76 signatures

Share this with your friends: