२०७८ असार १२
काठमाडौं, नेपाल
यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को अवसरमा मानब अधिकार पीडित समूह एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरू यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहारका सबै कार्यको प्रभावकारी अनुसन्धान र अभियोजन गर्नका लागि तत्कालै एक स्वतन्त्र संयन्त्र गठन गर्न नेपाल सरकारलाई आह्वान गर्दछन् । नेपाल पक्षराष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध र यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायसम्बन्धी अनुबन्ध लगायतका अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी सन्धिहरूले नेपाललाई यातना तथा अन्य दुव्र्यवहारका कार्यको अनुसन्धान र अभियोजन गर्न, पीडकलाई सजाय दिन तथा पीडितहरूलाई प्रभावकारी उपचार र परिपूरण उपलब्ध गराउने दायित्व निर्धारण गरेका छन् । तथापि यी दायित्वहरूलाई पालना गर्न नेपाल विफल भएको छ ।
यससँगै थुनुवाका र यातना पीडितलगायत जोखिममा रहेका समूहमा जारी कोभिड–१९ महामारीको असर व्यापक रहेको छ । थुनाको वैधतालाई निगरानी गर्ने अदालतहरूको सीमित क्षमता र थुनुवाहरूलाई परिवारका सदस्य तथा कानूनव्यवसायीमा पहुँचको अभावका कारण गैरकानूनी थुनामा राख्ने घटनामा वृद्धि भएको तथ्यलाई मानवअधिकार संगठनहरूले अभिलेखीकरण गरेका छन् । नियमित स्वास्थ्य सेवामा सीमित पहुँच, कमजोर आर्थिक स्थिति तथा बढ्दो अनिश्चितताका कारण यातनापीडितको मनोसामाजिक स्वास्थ्य थप बिग्रिएको छ ।
नेपालको यातनासम्बन्धी पहिलो कानून यातना क्षतिपूर्ति ऐन, २०५३ अन्तर्राष्ट्रिय मापदण्डअनुकूल छैन । यस ऐनअन्तर्गत मुद्दा दायर गर्ने पीडितहरूले न्याय पाएका छैनन् किनकि यसका प्रावधानहरू अत्यन्तै नियन्त्रणात्मक र त्रुटिपूर्ण रहेका छन् । अपराध संहिता, २०७४ ले यातनालाई फौजदारी अपराधको रूपमा परिभाषित गरेको कुरा स्वागतयोग्य थियो जसले पीडितहरूमा न्यायको लागि केही आशा जगाएको थियो । तर अपराध संहिताअन्तर्गत दायर गरिएको कुनै पनि मुद्दामा अहिलेसम्म सफल अभियोजन हुन नसकेको तथ्यले यातना तथा यातनाको सम्बन्धमा विद्यमान दण्डहीनता अन्त्य गर्ने नेपालको प्रतिबद्धतामा शंका पैदा गरेको छ । आफ्ना सहकर्मीहरूलाई संरक्षण गर्ने प्रयासअनुसार प्रहरी अधिकृतहरूबाट भएका यातना वा अन्य दुव्र्यवहारमा जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गर्ने गरेका छन् ।
विगत दशकहरूले देखाएझँझँ नेपाल प्रहरीले स्व–नियमन गर्न इन्कार गरेको छ । सुरक्षाकर्मीहरूले गरेको मानवअधिकार उल्लंघनमा विद्यमान दण्डहीनताको अवस्थालाई मध्यनजर गदै हालै सर्वोच्च अदालतले प्रहरीबाट भएको मानवअधिकार उल्लंघनका घटनामा अनुसन्धान तथा अभियोजन गर्नका लागि एक स्वतन्त्र संयन्त्र गठन गर्न सरकारलाई आदेश दिएको छ । त्यसैले तपसिलका संस्थाहरू सरकारी अधिकारीहरूलाई निम्न कुरा सुनिश्चित गर्न आह्वान गर्छन् :
- यातनाका सबै कार्यको अनुसन्धान तथा अभियोजन सुनिश्चित गर्नका लागि स्वतन्त्र संयन्त्र गठन गर्ने,
- पीडितहरूको प्रभावकारी उपचार प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गर्ने,
- यातना तथा अन्य क्रूर, अमानवीय वा अपमानजनक व्यवहार वा सजायसम्बन्धी महासन्धिको ऐच्छिक आलेखको पक्षराष्ट्र बन्ने, र
- कोभिड–१९ को बहानामा व्यक्तिहरूलाई अवैध थुनामा राख्ने, यातना दिने वा दुव्र्यवहार गर्ने कार्य बन्द गर्ने ।
हस्ताक्षर गर्ने संस्थाहरू:
राष्ट्रिय संस्थाहरू
१ |
जवाफदेहिता निगरानी समिति (एडब्ल्यूसी) |
२ |
वकालत मञ्च नेपाल (एएफ) |
३ |
अलायन्स फर सोसल डायलग (एएसडी) |
४ |
एम्नेस्टी इन्टरनेसनल–नेपाल |
५ |
नीलहीरा समाज नेपाल |
६ |
सेन्टर फर लिगल स्टडीज (सिएलएस) |
७ |
सिभिल राइट््स एसोसिएसन नेपाल |
८ |
शान्तिका लागि साझा अभियान (कोक्याप) |
९ |
द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल |
१० |
द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल |
११ |
द्वन्द्वपीडित साझा चौतारी |
१२ |
न्यायका लागि द्वन्द्वपीडित समाज |
१३ |
लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्था (डीएफएआरआई) |
१४ |
डिग्निटी मिडिया |
१५ |
बहिर्गमित जनमुक्ति सेना नेपाल (डी–प्लान) |
१६ |
व्यक्तिको अधिकार रक्षा मञ्च नेपाल |
१७ |
नेपाल पुनरस्थापकीय न्याय मञ्च |
१८ |
महिला कानून तथा विकास मञ्च (एफडब्ल्यूएलडी) |
१९ |
महिला पत्रकार तथा सञ्चार मञ्च (सञ्चारिका समूह) |
२० |
गणेश उज्जन स्मृति प्रतिष्ठान |
२१ |
मानव अधिकार तथा न्याय केन्द्र (एचआरजेसी) |
२२ |
न्यायका लागि मानव अधिकार |
२३ |
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फोन) |
२४ |
मानव अधिकार संगठन (हुरोन) |
२५ |
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) |
२६ |
मानवअधिकार, वातावरण तथा विकास सम्बन्धी अन्तर्राष्ट्रिय संस्था (इन्हुरेड इन्टरनेसनल) |
२७ |
जागरण मिडिया सेन्टर (जेएमसी) |
२८ |
न्याय तथा अधिकार संस्था (ज्युरी–नेपाल) |
२९ |
सामाजिक न्यायका लागि कानून तथा नीति मञ्च (ल्यापसोज) |
३० |
कानूनी सहायता तथा परामर्श केन्द्र नेपाल (एलएसीसी) |
३१ |
मैना बाल विकास समिति |
३२ |
शहीद तथा बेपत्ता लडाकू परिवार प्रतिष्ठान |
३३ |
नागरिक आवाज |
३४ |
महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जाल |
३५ |
अपांग द्वन्द्वपीडितहरूको राष्ट्रिय सञ्जाल |
३६ |
बेपत्ता परिवारको राष्ट्रिय सञ्जाल |
३७ |
नेपाल कानून तथा नीति केन्द्र |
३८ |
नेपाल पीस बिल्डिङ इनिसिएटिभ |
३९ |
पीस एन्भिजनरर्स |
४० |
सार्वजनिक प्रतिरक्षक समाज नेपाल (पीडीएस–नेपाल) |
४१ |
संकल्प |
४२ |
तरङ्गिणी फाउन्डेशन |
४३ |
तराई मानवअधिकार रक्षक संजाल (टीएचआरडी अलायन्स) |
४४ |
द स्टोरी किचन |
४५ |
बहुसांस्कृतिक मनोसामाजिक संस्था (टीपीओ–नेपाल) |
४६ |
भ्वाइसेस अफ वुमन मिडिया (भाओ मिडिया) |
४७ |
मानव अधिकारका लागि एकल महिला (डब्लु एच आर) |
४८ |
महिला पुन:स्थापना केन्द्र (ओरेक) |
अन्तर्राष्ट्रिय संस्थाहरू
४९ |
एसियन अलायन्स अगेन्स्ट टर्चर |
५० |
एसियन जस्टिस एण्ड राइट्स (एजेएआर) |
५१ |
एसियन ह्युमन राइट्स कमिसन (एएचआरसी) |
५२ |
इन्टरनेशनल कमिसन अफ ज्यूरिस्ट (आईसीजे) |
५३ |
इन्टरनेशनल फेडरेशन फर ह्युमन राइट्स |
५४ |
ट्रायल इन्टरनेशनल |
५५ |
ट्रन्जिशनल जस्टिस एसियन नेटवर्क |