सदस्यता

एम्नेस्टी इन्टरनेसनलमा जोडिनुहोस् र मानवअधिकारको पक्षमा बोल्नुहोस्

कुनै अखबारको पाना पल्टाउनुभयो भने वा कुनै टेलिभिजन वा रेडियो खोल्नुभयो भने यस दुनियाको हरेक कुनामा व्याप्त रहेको क्रूरता देखेर तपाईं तत्क्षण चकित हुनुहुनेछ। सशस्त्र द्वन्द्वका बेला कतिपय देशमा त्रास र भयले ग्रसित रहेका महिला, पुरुष र बालबालिकाको समूहलाई निशाना बनाएको हुन्छ। अन्य कतिपय देशमा भने आफूलाई लागेको विचार अभिव्यक्त गर्ने वा उत्पीडितहरूको अधिकारको प्रतिरक्षाका लागि उभिने कार्य गरेकै कारण ती साहसी व्यक्तिहरूलाई जेलमा कोचिएको हुन्छ।

तपाईं जो भएपनि र जहाँ रहनु भएको भए पनि मानवअधिकारका यस्ता घोर उल्लङ्घनको निरन्तरतालाई रोक्नका लागि तपाईंले केही न केही गर्नसक्नुहुन्छ।

मानवअधिकारको पक्षमा बोल्नुहोस्।
यस्ता उल्लङ्घनहरूको अन्त्य गर्न माग गर्नुहोस्।
विश्वभरिका एक करोडभन्दा बढी अभियन्ताहरू रहेको एम्नेस्टी इन्टरनेसनलको सञ्जालमा सामेल भएर आफ्नो आवाजलाई सुनिने बनाउनुहोस्।

तपाईंले फरक पार्न सक्नुहुन्छ

एम्नेस्टी इन्टरनेसनलमा जोडिँदा तपाईं एउटा विश्वव्यापी अभियानको हिस्सा बन्नुहुनेछ। तपाईं व्यक्तिगत सदस्यको रूपमा वा स्थानीय समूह वा कुनै विशेष सञ्जालमार्फत एम्नेस्टीमा जोडिँदै गर्दा तपाईंको आवाज अनगिन्ति अरू आवाजसँग मिसिई यसले परिवर्तनको लागि दबाब निर्माण गर्नेछ।

को एम्नेस्टी इन्टरनेनल नेपालको सदस्य बन्न सक्दछ?

मानवअधिकारको सिद्धान्तको सम्मान गर्ने कुनै पनि व्यक्ति एम्नेस्टी नेपालका स्थानीय समूहहरू वा युथ नेटवर्कहरूमार्फत वा राष्ट्रिय सचिवालयमा सिधै आवेदन दिई एम्नेस्टी इन्टरनेसनलको सदस्य बन्न सक्दछन्। एम्नेस्टी नेपालले राष्ट्रिय सचिवालयबाट तीन प्रकारका सदस्यताहरू प्रदान गर्दछ – समर्थक सदस्यता, समूहगत सदस्यता र युथ नेटवर्क सदस्यता। यी तीनै प्रकारका सदस्यताको अवधि दुई वर्षको हुनेछ जसलाई म्याद समाप्त भएको छ महिनाभित्र नवीकरण गर्न सकिन्छ।

सदस्यताको प्रकार

समर्थक सदस्यता

एम्नेस्टी इन्टरनेसनलको परिदृश्य र ध्येय हाँसिल गर्नमा योगदान पुर्याउने, एम्नेस्टी इन्टरनेसनल तथा एम्नेस्टी नेपालको मूल मूल्यता र नीतिबमोजिम कार्य गर्ने र सदस्यता शुल्क भुक्तानी पश्चात एम्नेस्टी नेपाल शाखाद्वारा सदस्यको रूपमा दर्ता गरी मान्यता प्राप्त भएको व्यक्तिलाई एम्नेस्टी इन्टरनेसनल नेपालको समर्थक सदस्य भनेर बुझिन्छ।

समर्थक सदस्यता कसरी प्राप्त गर्ने?

समर्थक सदस्यता प्राप्त गर्नका लागि राष्ट्रिय सचिवालयमा सदस्यता शुल्कसहित सदस्यता आवेदन फाराम पेश गर्न सकिनेछ। सचिवालयले एम्नेस्टी नेपालको “समर्थक सदस्य”को रूपमा दर्ता गरी सदस्यता जारी गर्दछ।

२५ वर्ष भन्दा कम उमेरका समर्थक सदस्यको सदस्यता शुल्क (२ वर्षको लागि) – रू. २००/-

२५ वर्ष भन्दा बढी उमेरका समर्थक सदस्यको सदस्यता शुल्क (२ वर्षको लागि) – रू. ५००/-

सदस्यता फाराम यहाँबाट डाउनलोड गर्न वा http://members.amnestynepal.org/register मा गई  अनलाइन फाराम भरी सिधै बुझाउन पनि सक्नुहुनेछ।

समूहगत सदस्यता

एम्नेस्टी इन्टरनेसनल नेपालको समूहगत सदस्य भन्नाले एम्नेस्टी इन्टरनेसनलको परिदृश्य र ध्येय हाँसिल गर्नमा योगदान पुर्याउने, एम्नेस्टी इन्टरनेसनल, एम्नेस्टी नेपाल र सम्बन्धित एम्नेस्टी नेपाल समूहको मूल मूल्यता र नीतिबमोजिम कार्य गर्ने र  तोकिएको सदस्यता शुल्कको भुक्तानी पश्चात एम्नेस्टी नेपालसँग आबद्ध सम्बन्धित समूहको सदस्यताका लागि सिफारिस गरिएको र सोबमोजिम एम्नेस्टी नेपालबाट सदस्यका रूपमा मान्यता प्राप्त व्यक्ति बुझिन्छ।

समूहगत सदस्यता कसरी प्राप्त गर्ने?

समूहगत सदस्यता प्राप्त गर्नको लागि तपाईँले कुनै स्थानीय एम्नेस्टी इन्टरनेसनल ग्रुपमा तोकिएको सदस्यता शुल्कसहित सदस्यता आवेदन फाराम पेश गर्न सक्नुहुन्छ जसलाई सम्बन्धित समूहले सदस्यताको लागि राष्ट्रिय सचिवालयमा सिफारिस गर्न सक्दछ। त्यसपछि राष्ट्रिय सचिवालयले सम्बन्धित समूहको “समूह सदस्य” को रूपमा दर्ता गरी सदस्यता जारी गर्दछ।

समूह सदस्यको सदस्यता शुल्क (२ वर्षको लागि) – रू. ५००/-

सदस्यता फाराम यहाँबाट डाउनलोड गर्न वा http://members.amnestynepal.org/register मा गई  अनलाइन फाराम भरी सिधै बुझाउन पनि सक्नुहुनेछ।

युथ नेटवर्क सदस्यता

एम्नेस्टी नेपालको युथ नेटवर्क सदस्य भन्नाले १४ देखि २५ वर्ष सम्मका कुनै पनि व्यक्ति जसले एम्नेस्टी इन्टरनेसनलको  परिदृश्य र ध्येय प्राप्तिमा योगदान गर्दछ, जसले एम्नेस्टी इन्टरनेसनल, एम्नेस्टी नेपाल र सम्बन्धित एम्नेस्टी नेपाल युथ नेटवर्कको मूल्य मूल्यता र नीतिबमोजिम कार्य गर्दछ र निर्धारित सदस्यता शुल्कको भुक्तानी पश्चात एम्नेस्टी नेपालसँग आबद्ध सम्बन्धित युथ नेटवर्कको सदस्यको रूपमा सिफारिस गरिएको र सोबमोजिम एम्नेस्टी नेपालबाट सदस्यका रूपमा मान्यता प्राप्त व्यक्ति बुझिन्छ।

युथ नेटवर्क सदस्यता कसरी प्राप्त गर्ने ?

युथ नेटवर्क सदस्यता प्राप्त गर्नका लागि कुनै स्थानीय एम्नेस्टी इन्टरनेसनल युथ नेटवर्कमा तोकिएको सदस्यता शुल्कसहित सदस्यता आवेदन फाराम पेश गर्न सकिन्छ। त्यसपछि सम्बन्धित युथ नेटवर्कले सदस्यताका लागि आवेदकलाई राष्ट्रिय सचिवालयमा सिफारिस गर्न सक्दछ। अनि राष्ट्रिय सचिवालयले सम्बन्धित युथ नेटवर्कको “युथ नेटवर्क सदस्य” को रूपमा दर्ता गरी सदस्यता जारी गर्दछ।  

युथ नेटवर्क सदस्यको सदस्यता शुल्क (२ वर्षको लागि) – रू. २००/-

सदस्यता फाराम यहाँबाट डाउनलोड गर्न वा http://members.amnestynepal.org/register मा गई  अनलाइन फाराम भरी सिधै बुझाउन पनि सक्नुहुनेछ।

थप जानकारीको लागि,
कृपया सदस्यता तथा समूह सेवा विभागका श्री चक्र कुमार प्रधानलाई chakra@amnestynepal.org मा ईमेल गरी  सम्पर्क गर्नुहोला।


Membership

Join Amnesty International and Speak out for human rights

Open a newspaper, turn on the television or radio and you are immediately struck by the cruelty that touches every corner of the world. In some countries groups of terrified women, men and children are targeted during armed conflicts. In others, courageous individuals languish in jail for expressing their views or defending the oppressed.

Whoever you are, wherever you live, there is something you can do to prevent these gross violations of human rights from continuing.

Speak out for human rights.
Demand such violations come to an end.
Make your voice be heard by joining Amnesty International’s network of more than ten million activists around the globe.

YOU CAN MAKE A DIFFERENCE

When you join Amnesty International, you become part of a worldwide movement. As an individual member, or as part of a local group or a specialist network, your individual voice will join with that of countless other’s to build pressure for change.

Who can become a member of Amnesty International Nepal?

Any individual who respects the principle of human rights, may become a member of Amnesty International through Amnesty Nepal’s local Groups or Youth Networks or by applying directly at the National Secretariat. There are three types of membership that Amnesty Nepal provides from its National Secretariat, namely, Individual membership, Group Membership and Youth Membership. All three types have a validity for 2 years which can be renewed within 6 months of expiry.

Types of Membership

INDIVIDUAL MEMBERSHIP

An individual member of Amnesty International Nepal is anyone who contributes to the advancement of  Amnesty International’s vision and mission, acts in accordance with the core values and policies of Amnesty International and Amnesty Nepal and has been recognized and registered as a member by Amnesty Nepal Section in payment of membership fee.

How to acquire Individual Membership?

In order to acquire an Individual Membership, one can submit a membership application form along with membership fee at the National Secretariat. The Secretariat issues membership registering as an “Individual Member” of the Amnesty Nepal.

Membership Fee for Individual Member below age 25
(Applicable for 2 years) – NPR 200.00

Membership Fee for Individual Member above age 25
(Applicable for 2 years) – NPR 500.00

Download Membership form or you can fill up and submit the form online via http://members.amnestynepal.org/register

GROUP MEMBERSHIP

Group member of Amnesty Nepal is any person who contributes to the advancement of the mission of Amnesty International, acts in accordance with the core values and policies of Amnesty International, Amnesty Nepal and the concerned Amnesty Nepal Group and  has further  been recognized and recommended as a member of a particular Group affiliated with Amnesty Nepal on payment of a prescribed membership fee.

How to acquire Group Membership?

In order to acquire a Group membership status, you can submit a membership application form along with the membership fee at the local Amnesty International Group which later may recommend the applicant for membership to the National Secretariat. National Secretariat then issues membership registering as the “Group Member” of the related group.

Membership Fee for Group Member (Applicable for 2 years) – NRs. 500/- 

Download Membership form or you can fill up and submit the form online via http://members.amnestynepal.org/register

YOUTH NETWORK MEMBERSHIP

A Youth Network member of Amnesty Nepal is any person between 14-25 years who contributes to the advancement of the mission of Amnesty International, acts in accordance with the core values and policies of Amnesty International, Amnesty Nepal, the concerned Amnesty Nepal Youth Network and has been recognized and recommended as a member of a particular Youth Network affiliated with  Amnesty Nepal on payment of a prescribed membership fee.

How to acquire Youth Network Membership?

In order to acquire the Youth Network membership, one can submit a membership application form along with the membership fee at the local Amnesty International Youth Network which may then recommend the applicant for membership to the National Secretariat. National Secretariat then issues membership registering as the “Youth Network Member” of the related Youth Network.

Membership Fee for Youth Network Member (Applicable for 2 years) – NRs. 200/- 

Download Membership Form or you can fill up and submit the form online via http://members.amnestynepal.org/register

FOR MORE INFORMATION
Please contact, Mr. Chakra Kumar Pradhan at Membership and Group Service Department at chakra@amnestynepal.org