Author Archives: admin

नेपाली आप्रवासी श्रमिकको शोषणः भरतको कथा

२० जुन २०१७, १४:३१ युटिसी

आप्रवासी रोजगार प्रक्रियामा हुने तीन चरणहरूः श्रमिककोभर्ना; विदेशमा समय; र घर फर्काइका क्रममा नेपाली आप्रवासी श्रमिकहरूले सामना गर्नुपरिरहेको यथार्थमाथि प्रकाश पार्दै तयार पारिएको तीन भागमा विभाजित ब्लग शृंखलाहरू मध्येको यो अन्तिम ब्लग हो । पहिलो ब्लग यहाँ मा पढ्न सक्नुहुन्छ र दोस्रो ब्लग यहाँ मा पढ्न सक्नुहुन्छ ।

अन्तिम ब्लग “भरत” को कथा हो, जो उनको रोजगार कम्पनी र सरकारले बेवास्ता गरेपछि मलेसियामा अलपत्र परेका थिए, र घर फर्कनको लाग मात्रै भएपनि कालो बजारमाबिचौलियाखोजेरधेरै शुल्क तिर्न बाध्य भए ।

जागिरबाट मुक्ति पाउन पैसा तिर्दै

“मलाई मलेसिया छोड्न त्यहाँ पुग्नको लागि भएको खर्च भन्दा धरै खर्च लाग्यो । नोक्सानी दुई गुणा बेहोर्नु प-यो, अन्त्यमा खालि हात भएँ ।”
– भरत

Continue reading

नेपाली आप्रवासी श्रमिकको शोषणः मधुको कथा

१३ जुन २०१७, १५:४२ युटिसी
आप्रवासी रोजगार प्रक्रियामा हुने तीन चरणहरूः श्रमिकको भर्ना; विदेशमा समय; र घर फर्काइका क्रममा नेपाली आप्रवासी श्रमिकहरूले सामना गर्नुपरिरहेको यथार्थमाथि प्रकाश पार्दै तयार पारिएको तीन भागमा विभाजित ब्लग शृंखलाहरूमध्येको यो दोस्रो हो । पहिलो ब्लग http://amnestynepal.org/blog/migrant-workers-in-nepal-aadinath/ मा पढ्न सक्नुहुन्छ ।

एम्नेस्टी इन्टरनेसनलको नयाँ प्रतिवेदन यहाँ पढ्न सक्नुहुन्छः मानिसलाई मुनाफामा परिणत गरिँदैः नेपाली आप्रवासी श्रमिकहरूको ज्यादतीयुक्त भर्ना, बेचविखन र जबर्जस्ती श्रम शोषण

“मधु” एउटा ब्युटी पार्लरमा काम गर्न साउदी अरेबिया गइन्, तर उनलाई उनको इच्छा विपरित दुई वर्षभन्दा बढी समयसम्म उनको मालिकको घरमा बन्धी बनाइयो । Continue reading

नेपाली आप्रवासी श्रमिकहरूका शोषणः आदिनाथको कथा

५ जुन २०१७, ११:४५ युटिसी
नेपाली आप्रवासी श्रमिकहरूले सामाना गर्नुपरेको कठोर यथार्थमाथि प्रकाश पार्दै तयार पारिएका ब्लग शृंखलाहरूमध्येको यो पहिलो ब्लग हो । यो कथा “आदिनाथ” को हो, जसले नेपाल छोड्न अघि नै रोजगार कम्पनीलाई शुल्क तिर्न धेरै उच्च रकमको ऋण लिए जुन उनको दुइ साल भन्दा बढीको पारिश्रमिक बराबर हुन आउँछ । यस्तो गम्भीर ऋणग्रस्तताको सामु उनीसँग शोषणयुक्त काम गर्ने अवस्थामा प्रवेश गर्नु बाहेक अरु कुनै विकल्प थिएन । “आदिनाथ” को कथा नौलो होइन ।

एम्नेस्टी इन्टरनेसनलको नयाँ प्रतिवेदन यहाँ पढ्न सक्न हुन्छस् मानिसलाई मुनाफामा परिणत गरिँदैः नेपाली आप्रवासी श्रमिकहरूको ज्यादतीयुक्त भर्ना, बेचविखन र जबर्जस्ती श्रम शोषण

भर्नाः रोजगारी पाउनको निम्ति धेरै ऋण लिन प्रलोभन

“मैले नेपाल छोड्न अघि नै नेपाली रु. १,५८,००० खर्च गरिसकेको थिए । त्यस बेला मेरो मासिक तलब रु. ६,००० थियो ।”
– आदिनाथ

Continue reading

नेपाल – भूकम्प आएको बेला

सिलबाल अाफ्नाे घर अगाडी

नेपालमा गएको विनाशकारी भूकम्पको एक वर्षपछि पनि सरकारले विपद्बाट प्रभावितहरूका लागि केही गरेको छैन, भन्छन् ओमबहादुर सिलवाल ।

म किसान हो । म ललितपुरको लेलेमा बस्छु ।

भूकम्प आउँदा म मेरो घरको ठिक अगाडि थिएँ । खाना खाएर खेतको डिलमा हात धुन मात्र लागेको के थिएँ, सबैजना कराए: “आयो ! आयो !” बाहिर खुला ठाउँतर्फ दौडिएँ, र त्यहाँबाट मेरो घर ढलेको हेर्न पुगेँ ।

त्यति बेला मेलै सोचेँ, “मेरो घर त गयो,” र म पनि गएको अनुभव गरेँ । मलाई मेरा आमाबुवाको मृत्यु भएको जस्तै अनुभव भयो । तर रुएर केही हुनेवाला थिएन ।

त्यो रात मैले खेतमै बिताएँ । मैले एउटा अस्थायी छाप्रो बनाएँ । खेतभरी हामी धेरै जना थियौं । हामीले त्यहीँ पकाउने र खाने काम गर्यौं । यसरी नै एक वर्ष बितेको छ । अब घरको पुनर्निर्माण गर्नुपर्ने तर मैले त्यति दुःख गरेर बनाएको त्यो माटोकोले बनाको घर फेरी कसरी बनाउने ? अब मसँग कुनै आय स्रोत छैन । सरकारले पैसा दिने भनेको छ, तर त्यो आउला भन्ने आशा पनि मर्दै गयो । Continue reading