Monthly Archives: April 2016

नेपाल – भूकम्प आएको बेला

सिलबाल अाफ्नाे घर अगाडी

नेपालमा गएको विनाशकारी भूकम्पको एक वर्षपछि पनि सरकारले विपद्बाट प्रभावितहरूका लागि केही गरेको छैन, भन्छन् ओमबहादुर सिलवाल ।

म किसान हो । म ललितपुरको लेलेमा बस्छु ।

भूकम्प आउँदा म मेरो घरको ठिक अगाडि थिएँ । खाना खाएर खेतको डिलमा हात धुन मात्र लागेको के थिएँ, सबैजना कराए: “आयो ! आयो !” बाहिर खुला ठाउँतर्फ दौडिएँ, र त्यहाँबाट मेरो घर ढलेको हेर्न पुगेँ ।

त्यति बेला मेलै सोचेँ, “मेरो घर त गयो,” र म पनि गएको अनुभव गरेँ । मलाई मेरा आमाबुवाको मृत्यु भएको जस्तै अनुभव भयो । तर रुएर केही हुनेवाला थिएन ।

त्यो रात मैले खेतमै बिताएँ । मैले एउटा अस्थायी छाप्रो बनाएँ । खेतभरी हामी धेरै जना थियौं । हामीले त्यहीँ पकाउने र खाने काम गर्यौं । यसरी नै एक वर्ष बितेको छ । अब घरको पुनर्निर्माण गर्नुपर्ने तर मैले त्यति दुःख गरेर बनाएको त्यो माटोकोले बनाको घर फेरी कसरी बनाउने ? अब मसँग कुनै आय स्रोत छैन । सरकारले पैसा दिने भनेको छ, तर त्यो आउला भन्ने आशा पनि मर्दै गयो । Continue reading